२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • बुटवल ।  आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ । 


    दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुती सुनिराखौं जस्तो छ ।


    बुढासुव्वा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ । यस गीतमा संगीत सम्योजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शव्द अनुसार समग्रमा चलचित्र ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा देशको परिस्थितीलाई चित्रण गरेको बु्झ्न सकिन्छ ।


    आर.आर. फिल्म वितरणमा ल्याउन लागेको यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।


    चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पि.बी. थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन् ।
    सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण रहेका छन् । पार्श्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन्। श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन्।


    रेडलाइन्स फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्रको  मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रा.लीले गरेको हो ।


    फस्टलुक पोस्टर सार्वजनिक गरेर एकाएक धेरैको ध्यान तानेको चलचित्रका अन्य सामाग्री टिजर, गीत लगायतले पनि दर्शकलाई फरक स्वाद दिइरहेको र दर्शकको ध्यान खिचिरहेको निर्देशक तथा लेखक रिम विश्वकर्माले जानकारी दिए । उनले भने, –‘टेक्निकल्ली रुपमा हामी केहि कमजोर देखिएका छौं होला तर समग्र चलचित्र हेर्नेले पुर्ण रुपमा रमाइलो मानेर घर फर्किनेछन् । त्यो हाम्रो ग्यारेन्टी हो ।’


    भिडियो 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij