२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन ।

    प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

    उनले प्रदेश सरकार र स्थानीय सरकारबीच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको जानकारी दिँदै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

    `हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । व्यापक दृष्टिकोणसहित योजनाहरू अघि बढाउनुपर्छ, जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस´मुख्यमन्त्री आचार्यले भने`प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएर अघि बढेको छ ।´

    जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ’ भन्ने अवस्था आउन दिनु हुँदैन´उनले भन्नुभयो यस काममा कर्मचारी साथिहरूले विशेष ध्यान दिन जरुरी छ ।´ सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाइने समेत मुख्यमन्त्री आचार्यले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij