२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सीमामा तैनाथ सैनिक फिर्ता गर्न भारत र पाकिस्तान सहमत

सीमामा तैनाथ सैनिक फिर्ता गर्न भारत र पाकिस्तान सहमत

सीमामा तैनाथ सैनिक फिर्ता गर्न भारत र पाकिस्तान सहमत

सीमामा तैनाथ सैनिक फिर्ता गर्न भारत र पाकिस्तान सहमत

सीमामा तैनाथ सैनिक फिर्ता गर्न भारत र पाकिस्तान सहमत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • काठमाडौं । भारत र पाकिस्तानले हालैको सैन्य संघर्षपछि सीमामा तैनाथ गरिएका सैनिकहरूलाई फिर्ता गर्न सहमत भएका छन् । पाकिस्तानी गुप्तचर स्रोतले मंगलबारले दिएको जानकारीअनुसार युद्धविराम सम्झौतापछि तनाव कम गर्ने प्रयासअनुरूप सीमामा तैनाथ गरिएका सैनिकलाई फिर्ता बोलाउन लागिएको हो ।

    दुवै देशका वरिष्ठ सैनिक अधिकारीबीच भएको हटलाइन सम्पर्कको पछिल्लो चरणमा यो फिर्ता गर्ने सहमति भएको बताइएको छ । स्रोतहरूका अनुसार मे महिनाको अन्त्यसम्म दुवै देशले आफ्नो सीमा र नियन्त्रण रेखा (कश्मीर विभाजन गर्ने सीमा)नजिक शान्तिका लागि खटाइएको स्थानमा फर्कनेछन् । 

    परमाणु शक्तिसम्पन्न यी प्रतिद्वन्द्वीहरूले एकअर्काको सैनिक सुविधा र एयरबेसमा ड्रोन, मिसाइल र हवाई आक्रमण गरेपछि मे १० मा युद्धविराम गर्न सहमति जनाएका थिए । अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणले नयाँ तनाव सिर्जना गरेको थियो । सो घटनामा २६ जना मारिएका थिए, जसमध्ये धेरैजना भारतीय पर्यटक थिए ।

    पाकिस्तानले आतंकवादीहरूलाई समर्थन गरेको आरोप लगाउँदै नयाँ दिल्लीले मे ७ को बिहान पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो । जसमा दर्जनौँ मानिसको मृत्यु भएको थियो भने यो क्षेत्र पूर्ण युद्धको खतरनाक विन्दुमा पुगेको थियो ।

    पाकिस्तानले पर्यटकमाथि भएको आक्रमणमा कुनै भूमिका रहेको अस्वीकार गर्दै स्वतन्त्र अनुसन्धानको माग गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij