२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १० २०८२
शुक्रवार, जेठ १० २०८२
  • काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो ।सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्रले दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ ।

    दर्शकले ‘के घर के डेरा : घर नं २’ आम नेपालीको घरघरको कथा भएको बताइरहेका छन् ।

    आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

    “जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

    ‘के घर के डेरा : घर नं २’को ट्रेलर अहिले ट्रेन्डिङमा छ । चलचित्रको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् ।दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

    ‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

    कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij