२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

परेश रावलले फिर्ता गरे 'हेरा फेरी -३ ' को साइनिङ रकम

परेश रावलले फिर्ता गरे 'हेरा फेरी -३ ' को साइनिङ रकम

परेश रावलले फिर्ता गरे 'हेरा फेरी -३ ' को साइनिङ रकम

परेश रावलले फिर्ता गरे 'हेरा फेरी -३ ' को साइनिङ रकम

परेश रावलले फिर्ता गरे 'हेरा फेरी -३ ' को साइनिङ रकम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ११ २०८२
शनिवार, जेठ ११ २०८२
  • बुटवल । बलिवुड फिल्म 'हेरा फेरी -३ ' को विवाद रोकिने देखिएको छैन । हेराफेरी फ्रान्चाइजका बाबु भैया अर्थात् परेश रावलले फिल्म छोडेपछि शुरु भएको विवादमा नयाँ अपडेट आएको छ । मिडिया रिपोर्टका अनुसार परेश रावलले फिल्मको साइनिङ रकम फिर्ता गरेका छन् ।

    रिपोर्ट अनुसार, अभिनेता परेश रावलले 'हेरा फेरी ३' को लागि साइनिङ रकमको रूपमा ११ लाख पाएको भनिएको थियो, जुन उनले वार्षिक १५ प्रतिशत ब्याजसहित फिर्ता गरेका छन् । यद्यपि, निर्माताहरूलाई कुनै असुविधा नहोस् भनेर अभिनेताले फिल्म छोड्नको लागि थोरै अतिरिक्त पैसा तिरेको रिपोर्ट गरिएको छ ।


    मिडिया रिपोर्टका अनुसार अभिनेता परेश रावललाई 'हेरा फेरी ३' को लागि १५ करोड रुपैयाँ शुल्क लिने भनिएको जानकारी दिएका छन्, जसमध्ये ११ लाख रुपैयाँ उनलाई साइनिङ रकमको रूपमा दिइएको थियो । यसका साथै बाँकी १४ करोड ८९ लाख रुपैयाँ फिल्म रिलिज भएको एक महिनापछि प्राप्त गर्नुपर्ने थियो । 


    त्यस्तै मिडिया रिपोर्टका अनुसार अक्षय कुमारको कम्पनी 'केप अफ गुड फिल्म्स' ले परेश रावलविरुद्ध २५ करोड रुपैयाँको मुद्दा दायर गरेको बताइएको छ । अचानक फिल्म छाड्ने निर्णयले फिल्म निर्माताहरूलाई ठूलो घाटा भएको भनिएको थियो । 


    परेश रावलले फिल्म छोडेपछि अब उनको स्थानमा नयाँ अभिनेताको खोजी शुरु भएको छ । फिल्ममा 'बाबु भैया' को भूमिकाका लागि पंकज त्रिपाठीको चर्चा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij