२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • बुटवल ।  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

    बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

    दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलका चालक मधुवन नगरपालिका–८ का ३२ वर्षीय टंकबहादुर बिसी र अर्का मोटरसाइकल चालक गुलरिया नगरपालिका–२ का २८ वर्षीय देवानन्द यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रडम्बर पालले जानकारी दिए ।

    गम्भीर घाइते अनुपम यादवलाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij