२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • बुटवल । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पु¥याउने गरी दिवसलाई रचनात्मक रूपमा मनाउन थालिएको हो ।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाका लागि सबै एक ठाउँमा उभिनु आवश्यक रहेको बताए ।

    `नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र हो । गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने दायित्व र जिम्मेवारी तपाईं हाम्रो सबैको हो´ उनले भने `गणतन्त्र र उपलब्धिका विरुद्ध केही तत्वहरू सल्बलाउन खोजेका पनि छन् । हामी गम्भीर र संवेदनशील भएर गणतन्त्रले दिएका उपलब्धिको रक्षाका लागि केन्द्रित हुन जरुरी छ ।´

    जेठ १४ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ । 

    जेठ १५ गते मूल समारोहअन्तर्गत जनसहभागितामा झाँकी सहित भव्य रूपमा प्रभातफेरीको आयोजना गरिनेछ । बिहान भालुबाङबाट सुरु हुने करिब पाँच किलोमिटरको प्रभातफेरीपछि प्रदेशसभा परिसरमा शुभकामना आदानप्रदान सहित समापन गरिने छ ।

    जेठ १६ गते दीपावली कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यमहरूबाट गणतन्त्र दिवससम्बन्धी अन्तरबार्ता तथा सामाग्री प्रवाह गरिने गरी कार्यक्रम तय गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij