बुटवल । स्कलर्स होम बोर्डिङ्ग सेकेण्डरी स्कुलमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रमुख छात्र छात्रा र सदन प्रमुख पदका लागि आयोजना गरिएको उक्त निर्वाचन कार्यक्रम निकै व्यवस्थित रूपमा सम्पन्न भएको थियो । विद्यालयका उप–प्राचार्य टीकाराम गौतमको अध्यक्षता, प्रमुख अतिथिका रूपमा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडे, निर्वाचन अधिकृत अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, निर्वाचन संयोजक तथा मतपत्र वितरणमा रीता न्यौपाने, सावित्रा पन्थी, सिर्जना गौतम, दिलकुमारी उपाध्याय, कृति भुसाल, एलिना वर्मा रहेका थिए ।
प्रतिस्पर्धीलाई निर्वाचन मतपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राचार्य बाबुराम बञ्जाडेले एउटा असल विद्यालय प्रमुख (कअजयय िउचभाभअत)छात्र छात्रा चयन गर्दा आफूलाई सहज हुने, सहयोग हुने, माया गर्ने, विद्यालयप्रति सदव सकारात्मक सोँच राख्ने विद्यार्थी नेतृत्वको गोप्य मतदानबाट चयन गर्ने अधिकार विद्यार्थीमा नै रहेको कुरा बताए । त्यस्तै विजयी हुने विद्यार्थीलाई अग्रिम शुभकामना दिँदै कार्यक्रमका अध्यक्ष सह–प्राचार्य टिकाराम गौतमले विद्यार्थीलाई मतदान सम्बन्धित व्यवहारिक ज्ञान दिने उद्देश्यले विगत ५ वर्षदेखि विद्यालयभित्रै नमूना मतदानको माध्यमबाट विद्यार्थी नेतृत्व चयन गर्न सुरु गरिएको जनाए ।
छात्र प्रमुखमा प्रतिस्पर्धा गर्ने उम्मेदवारमा अनुभव राना, राज जिसी, अनिस बञ्जाडे, कल्पित घिमिरे, प्रयास तुलाचन, हार्दिक राना, रहेका थिए भने छात्रातर्फ गरिष्मा श्रेष्ठ, हिमानी योगी, दीक्षिता ज्ञवाली, रोनिसा श्रेष्ठ, सरिता थापा, रोसनी परियार प्रतिस्पर्धामा रहेका थिए । त्यसै वडा नम्बर ९ बसपार्क प्रहरी विट प्रमुख बिर्खु चौधरी, प्रहरी जवान निरज घिमिरेले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
गोप्य मतदान प्रक्रियामा कक्षा ४ देखि कक्षा १० सम्म झण्डै ६५० बढी विद्यार्थीको उपस्थिति रहेको थियो । दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएकोमा निर्वाचन प्रक्रियालाई सरल, स्वच्छ र निष्पक्ष बनाइएको थियोे । निर्वाचनको परिणामअनुसार विद्यालय प्रमुख (क्अजयय िएचभाभअत)मा छात्र राज जिसी र छात्रा सरिता थापा विजयी भएका छन् ।
त्यसैगरी सहायक विद्यालय प्रमुख (ब्ककत।कअजय िएचभाभअत)मा छात्र हार्दिक राना छात्रा गरिष्मा श्रेष्ठ विजयी भएका छन् । त्यस्तै गरी सदन प्रमुखमा ४ वटा सदनबाट क्रमशः छात्रतर्फ प्रयास तुलाचन, कल्पित घिमिरे, अनिस बञ्जाडे ,अनुभव राना र छात्रातर्फ हिमानी योगी, दीक्षिता ज्ञवाली, रोसनी परियार, रोनिसा श्रेष्ठ विजयी भएका छन् ।
उक्त कार्यक्रममा विद्यालय संयोजक शोभारानी प्रधान, प्रा.वि.संयोजक कमला पाण्डेलगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरूले कार्यक्रममा सहजीकरण गरेको र कार्यक्रम निश्चित समयमै सम्पन्न भएको सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।




