२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२०६४ पछि स्थायित्व दिन नसक्नु माओवादीको मुख्य दोष हो : विप्लव

२०६४ पछि स्थायित्व दिन नसक्नु माओवादीको मुख्य दोष हो : विप्लव

२०६४ पछि स्थायित्व दिन नसक्नु माओवादीको मुख्य दोष हो : विप्लव

२०६४ पछि स्थायित्व दिन नसक्नु माओवादीको मुख्य दोष हो : विप्लव

२०६४ पछि स्थायित्व दिन नसक्नु माओवादीको मुख्य दोष हो : विप्लव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) का महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले २०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गरेका छन्।


    गणतन्त्र दिवसको अवसरमा जनपत्रकार संगठनले बुटवलमा आयोजना गरेको ‘गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेनको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै विप्लवले आन्दोलनका आदर्शमा नटिकेकै कारण माओवादी विभाजित भएको दाबी गरे।

    ‘जनताले २०६४ सालमा साथ दिएका थिए। त्यो भन्दा पहिले जनयुद्धमा उस्तै साथ दिएका हुन् तर, माओवादी आन्दोलनले त्यो जनविश्वासलाई संस्थागत गरी स्थायित्व दिन सकेन। यसका गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने, ‘अब रूपान्तरणको खाँचो छ। पुराना सोच, अभ्यास र प्रवृत्तिबाट बाहिर ननिस्कने हो भने परिवर्तन सम्भव छैन।’


    विप्लवले काठमाडौंका मेयर बालेन शाहको उदयलाई परम्परागत दलहरूको पश्चगामी सोचको परिणामका रूपमा उल्लेख गरे। ‘शासक वर्गमा नेतृत्वको र श्रमिक वर्गमा चेतनाको बदलाव आवश्यक छ,’ उनले जोड दिए।

    उनले गणतन्त्र प्रणाली दोषी नभएको बताउँदै कार्यान्वयन गर्न नसक्नु नै यस प्रणाली बदनाम हुनुको कारण भएको बताए। ‘चन्दा संकलन गर्न सजिलो, तर उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न चुनौती छ,’ भन्दै उनले उत्पादनमै आधारित अर्थनीति आवश्यक रहेको धारणा राखे।

    राजसंस्थाको पुनर्स्थापनाबारे चर्किएको बहसप्रति संकेत गर्दै उनले भने, ‘अब राजा आएर समस्या समाधान हुन्छ भन्ने सोच नै गलत हो। समाजवादको बहस सबै दलमा खुला हुनुपर्छ।’

    उनले समाजवादी मूल्य मान्ने दलहरू सडकमा आउनुपर्ने पनि बताए। ‘राजावादीहरू सडकमा आउँदा किन चुप ? समाजवादीहरू पनि अब सडकमा देखा पर्नुपर्छ,’ उनले भने।

    विप्लवले समाजवादका लागि संविधान संशोधन र जनमत संग्रह गर्नेसम्मको बहस खुला हुनुपर्ने धारणा व्यक्त गरे। उनले विदेशी मोडलको समाजवादको साटो नेपाली विशेषतामा आधारित समाजवादको खाका तयार गर्नुपर्ने बताए। ‘रूस वा चीनको जस्तो मोडल हामीकहाँ लागू हुँदैन। हाम्रो समाज र सन्दर्भअनुसार समाजवादको नेपाली मोडल विकास गर्नुपर्छ,’ विप्लवले बताए।

    ‘नेपालमै रमाएर बस्न सकिन्छ, सबै पैसा र पावरकै पछि लागेर होइन,’ भन्दै उनले वैचारिक परिवर्तनमार्फत समाजवादतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

    महासचिव चन्दले गणतन्त्रको विरोधमा सलबलाएको शक्तिलाई परास्त गर्न लोकतन्त्रवादी र गणतन्त्रवादीहरू एकमत हुनुपर्ने बताए । ‘अहिले मसानघाटबाट राजतन्त्र ल्याउने दुस्साहस गरिएको छ, यो शासन संचालनमा भएका कमजोरीले हो, व्यवस्था गलत भएर होइन, यसको सामुहिक सन्देश दिनुपर्ने अवस्था आएको छ’ उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij