२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा खुल्याे एफडी माेटर्स, ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर लञ्च

बुटवलमा खुल्याे एफडी माेटर्स, ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर लञ्च

बुटवलमा खुल्याे एफडी माेटर्स, ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर लञ्च

बुटवलमा खुल्याे एफडी माेटर्स, ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर लञ्च

बुटवलमा खुल्याे एफडी माेटर्स, ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर लञ्च
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • बुटवल।एफडी मोटर्सले आइतबार बुटवलमा आफ्नो छैठौँ शाखा विस्तार गर्दै नयाँ स्कुटर सार्वजनिक गरेको छ। बुटवल-१० कालिकानगरस्थित नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर बजारमा ल्याएको हो।

    उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवललाई लगानीमैत्री सहरका रूपमा विकास गर्न स्थानीय सरकारले आवश्यक पूर्वाधार तथा सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए।

    उनले भने, “बुटवलमा लगानीको अपार सम्भावना छ। निजी क्षेत्र तथा व्यवसायिक प्रतिष्ठानहरूलाई यहाँ लगानी गर्न उपमहानगर सधैं तयार छ।”

    IMG_20250601_095903_1.jpg

    मेयर पाण्डेयले औद्योगिक तथा व्यवसायिक क्षेत्रको विकासले बुटवललाई आर्थिक हबको रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले एफडी मोटर्सलाई धन्यवाद दिँदै बुटवलमा लगानी गर्ने अन्य कम्पनीहरूलाई पनि यसबाट प्रेरणा लिन आग्रह गरे।

    एफडी मोटर्सले सार्वजनिक गरेको ‘एफ-५ ए प्रो’ स्कुटर विद्युतीय (इलेक्ट्रिक) मोडेल हो, जसलाई कम्पनीले युवापुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधियुक्त बनाएको जनाएको छ। स्कुटरको डिजाइन, माइलेज तथा सुरक्षा सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।

    शोरुम उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, उद्योगी–व्यवसायी, उपमहानगरका पदाधिकारी, तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij