२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ २१ २०८२
मंगलवार, जेठ २१ २०८२
  • श्रीकृष्ण सिग्देल
    स्याङ्जा 
    गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो ।  


    मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरूमा मूल्याङ्कन गर्ने गर्छ । 


    यसभन्दा अगाडिका मूल्याङ्कनमा स्याङ्जा २७औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्कमध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१-०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच भएको कार्यसम्पादन सम्झौताअनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए । चौथो त्रैमासिकमा पनि स्याङ्जाले यो साख बचाउने विश्वास सहायक प्रजिअ पौडेलको छ । 


    चालु आर्थिक वर्षको पहिलो र दोस्रोमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल थिइन् भने तेस्रो त्रैमासिकमा केही समय नेपाल र केही समय वर्तमान प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij