बुटवल । बुटवल–४ पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह आज सम्पन्न भएको छ। तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।
समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्था तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूको मेहनत र उपलब्धिको सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले तालिम अवधिमा हासिल गरेको ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्दै आगामी दिनमा केयरगिभर पेसामार्फत आफ्नो व्यावसायिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सफल केयरगिभर तालिम केन्द्रका प्रबन्ध निर्देशक प्रदीप सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत एवं संस्थापक सावित्री खनालको नेतृत्वमा संस्था सञ्चालन हुँदै आएको छ। संस्थाले २०७३ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी केयरगिभर तथा वृद्ध हेरचाहसम्बन्धी तालिम सञ्चालन गर्दै आएको सफल केयरगिभर तालिम केन्द्रका प्रबन्ध निर्देशक प्रदीप सुवेदीले बताए ।
संस्थाले तीन महिनाको सीटीईभीटी सम्बन्धनप्राप्त केयरगिभर तालिम सञ्चालन गर्दै आएको उनले बताए । उक्त तालिमका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण गरेका तथा १८ वर्ष उमेर पूरा भएका महिला तथा पुरुष सहभागी हुन सक्ने व्यवस्था रहेको छ। तालिम शुल्क ३५ हजार रुपैयाँ रहेको प्रबन्ध निर्देशक सुवेदीले बताए ।
तालिममा सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, अभ्यास तथा रोजगारीका लागि आवश्यक परामर्श र तयारीमा समेत ध्यान दिइँदै आएको
सफल केयरगिभर तालिम केन्द्रका प्रबन्ध निर्देशक प्रदीप सुवेदीले बताए । संस्थाका प्रशिक्षकहरू प्रवीणता प्रमाणपत्र तह नर्सिङ तथा स्नातक तह नर्सिङ पृष्ठभूमिका रहेको उनले बताए ।
सफल केयरगिभर तालिम केन्द्रका अनुसार हालसम्म ५ हजारभन्दा बढी विद्यार्थीले तालिम पूरा गरिसकेका छन्। तालिम पूरा गरेका विद्यार्थीहरू नेपालका विभिन्न अस्पताल, हेरचाह गृह, स्वास्थ्य संस्था तथा अन्य क्षेत्रमा रोजगारी गरिरहेका प्रबन्ध निर्देशक सुवेदीले बताए ।
त्यस्तै, संस्थाबाट तालिम प्राप्त गरेका विद्यार्थीहरू इजरायल, जापान, बेलायत, अस्ट्रेलिया, क्यानडा तथा विभिन्न युरोपेली मुलुकमा समेत केयरगिभर तथा वृद्ध हेरचाहसम्बन्धी क्षेत्रमा रोजगारी तथा व्यावसायिक अवसर प्राप्त गर्दै अघि बढिरहेको उनको भनाई छ । दुबई र साइप्रसलगायतका मुलुकमा समेत संस्थाका पूर्वविद्यार्थी कार्यरत रहेको बताए ।
सफल केयरगिभर तालिम केन्द्रका विद्यार्थीहरूको इजरायल सरकार–सरकारबीचको कार्यक्रमतर्फको सफलता संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। सन् २०२६ मा संस्थामार्फत तालिम प्राप्त गरेका १८ जना विद्यार्थी इजरायल सरकार–सरकार कार्यक्रमका लागि छनोट भएको समेत उनले बताए ।
हाल सफल केयरगिभर तालिम केन्द्रले बुटवलसँगै काठमाडौं, चितवन, हेटौंडा, नेपालगन्ज, झापा, सिन्धुली, बर्दिबास, धरान र धनगढी गरी १० स्थानबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।
बढ्दो विद्यार्थीको माग तथा केयरगिभर क्षेत्रमा रोजगारीका अवसरलाई मध्यनजर गर्दै आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा समेत तालिम केन्द्र विस्तार गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।
समारोहमा सहभागी अतिथिहरूले नेपालमा केयरगिभर तथा वृद्ध हेरचाहसम्बन्धी क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै व्यावसायिक तालिमसँगै व्यवहारिक ज्ञान र सीपमा जोड दिनुपर्ने बताएका थिए।
आगामी दिनमा पनि गुणस्तरीय केयरगिभर तालिम, व्यावहारिक अभ्यास, रोजगारी परामर्श तथा नेपाल र अन्तर्राष्ट्रिय रोजगारीका अवसरसँग विद्यार्थीलाई जोड्ने कार्यलाई निरन्तरता दिने सफल केयरगिभर तालिम केन्द्रले जनाएको छ।
आज आयोजित दीक्षान्त समारोहले तालिम पूरा गरेका २०० विद्यार्थीको उपलब्धिको औपचारिक उत्सवसँगै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि नयाँ उत्साह, प्रेरणा र आत्मविश्वास प्रदान गरेको आयोजकले जनाएको छ।




