२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ग्वार्को फ्लाइओभर तयार, भोलिदेखि गाडी गुड्ने

ग्वार्को फ्लाइओभर तयार, भोलिदेखि गाडी गुड्ने

ग्वार्को फ्लाइओभर तयार, भोलिदेखि गाडी गुड्ने

ग्वार्को फ्लाइओभर तयार, भोलिदेखि गाडी गुड्ने

ग्वार्को फ्लाइओभर तयार, भोलिदेखि गाडी गुड्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम सकिएसँगै भोलिदेखि गाडी गुड्ने भएका छन् ।

    भोलि (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने तय भएको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी दिए ।

    “फ्लाइओभरको सबै काम सकिएको छ । भोलि प्रधानमन्त्रीले उद्घाटन गर्नुहुन्छ । लगत्तै गाडी गुड्छन,” उनले भने ।


    आशीष–समानान्तर–जेभीले फ्लाइओभर निर्माण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार, ‘फ्लाइओभर’को उचाइ ६ मिटर छ । बालकुमारीतर्फ २८० मिटर लामो ‘र्‍याम’ छ । सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ‘र्‍याम’ छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइ भएको ‘फ्लाइओभर’को आवतजावत संरचना ४९० मिटर लामो छ ।

    ‘फ्लाईओभर’ माथिबाट गाडी गुडिसकेपछि मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् । चक्रपथतर्फ जाने सवारी साधन नरोकी सिधै चल्नेछन् ।

    ‘फ्लाइओभर’ निर्माणको कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij