बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानवीन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
हालै सार्वजनिक भइरहेका विभिन्न घटनाक्रमहरूमा हजारौं नेपाली नागरिकहरु भिजिट भिसाको नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका तथ्यहरू गम्भीर रुपमा उजागर भएका भन्दै रास्वपाले सिडिओ वासुदेव घिमिरेलाई ५ बुंदे माग सहित ज्ञापनपत्र बुझााएको हो । अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरुको संलग्नतामा युवाहरुलाई दुबई लगायतका मुलुक हुँदै गैरकानुनी रूपमा तेस्रो देश पुरÞ्याउने कार्यहरू भइरहेको प्रमाणित भइरहेकाले यो प्रकारको आपराधिक गतिविधि नेपालको राज्यप्रणाली, कानुनी शासन र मानव अधिकारमाथिको गम्भीर प्रहार भएको रास्वपाको ज्ञापनपत्रमा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो विषय विगतदेखि नै संसदमा निरन्तर उठाउँदै आएको र समाधानका लागि सरकारसँग प्रभावकारी पहल गर्न माग गर्दै आएको उल्लेख गर्दै सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । विगत केही वर्षमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी तथा संगठित अपराधमा सरकारी संयन्त्र ट्राभल एजेन्सी म्यानपावर कम्पनी एयरलाइन्स तथा नेपाली र विदेशी नियोगहरुको संलग्नता रहेको आशंकाका आधारमा व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न रास्वपाको माग छ ।
उक्त छानबिन समितिको कार्यक्षेत्र , संरचना व्यवस्थापन तथा अधिकार निर्धारण गर्नका लागि कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्न माग गरेको छ ।
छानबिन प्रक्रियामा गृह मन्त्रालयअन्तर्गतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय नागरिक उड्डयन प्राधिकरण तथा अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी तथ्य आधारित र समयसीमा मित्र सम्पन्न गर्न नीतिगत तथा प्रणालीगत कमजोरीहरुको पहिचान र विश्लेषण गर्न माग गरेको छ ।
मानव तस्करी र संगठित अपराधसँग संलग्न सरकारी कर्मचारी ट्राभल एजेन्सी, म्यानपावर कम्पनी तथा संस्थाहरुको भूमिकाको निष्पक्ष छानबिन साथै अवैध सञ्जालको अध्ययन र अनुसन्धान गर्न रास्वपाको माग छ ।
यस्तै पीडितको संरक्षण तथा पुनःस्थापनाका लागि प्रशासनिक तथा न्याय प्रणालीका सुधारसम्बन्धी सुझाव अन्तर–निकाय समन्वय तथा सहकार्यका सन्दर्भमा सुधारका सिफारिसहरू गर्न माग गरेको छ ।
छानबिन समिति गठन अनुसन्धान प्रक्रिया तथा प्रतिवेदन प्रकाशन पूर्णतः पारदर्शी र उच्च मापदण्ड युक्त हुनुपर्ने माग छ ।
छानवीनको सम्पूर्ण प्रक्रिया निष्पक्ष, प्रमाणमा आधारित र निष्कर्षमुखी रुपमा सम्पन्न गर्न माग छ । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीमा संलग्न दोषी उपर कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न, पीडितहरूको संरक्षण राहत तथा क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न, यस्ता गम्भीर विषयमा राजनीतिक–प्रशासनिक जवाफदेहिताको अभाव तथा कर्तव्यच्युतका कारण गृहमन्त्रीको राजीनामा समेत रास्वपाले माग गरेको छ ।
ज्ञापनपत्र मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीले आवश्यक छानबिन र कानुनी कारबाहीको प्रक्रिया तुरुन्त अघि बढाउन रास्वपाको माग छ ।
ज्ञापनपत्र बुझाउन जिल्ला सभापति डा. बुद्धि शर्मा,जिल्ला सचिव विष्णु पौडेल,प्रचार प्रसार प्रमुख महेन्द्रप्रसाद उपाध्याय,मानव संशासन केन्द्रीय विभाग सदस्य गोपाल घिमिरे र गणेश पौडेल , रुपन्देही ३ सभापति मधु अर्याल लगायत जिल्ला प्रशासन पुगेका थिए । कार्यक्रमको संयोजन पार्टीका रुपन्देही ३ सभापति अर्यालले गरेका थिए ।
स्थापना दिवसका अवसरमा भैरहवा कारगार सेरोफेरोमा वृहत शान्ति ¥याली र भिम अस्पताल भैरहवाको इमर्जेन्सी विभागमा फलफूल वितरण गरिएको छ । यस्तै तेस्रो स्थापना दिवसका अवसरमा रुपन्देहीका सबै जसो पालिकाहरुमा सरसफाई अभियान सञ्चालन हुने रुपन्देही ३ सभापति मधु अर्यालले बताए ।
(




