२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इरानले भन्यो– इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन

इरानले भन्यो– इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन

इरानले भन्यो– इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन

इरानले भन्यो– इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन

इरानले भन्यो– इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • बुटवल  । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनले बताएका छन् । 

    अराघचीले इजरायलसँग युद्धविरामको कुनै सम्झौता नभए पनि इजरायलले इरानी समयअनुसार बिहान ४ बजेसम्म इरानमाथिको आक्रमण रोकेमा इरानले आफ्नो सैन्य जवाफ रोक्ने बताएका सीएनएनले जनाएको छ ।

    “इरानले बारम्बार स्पष्ट गरिसकेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, हामीले होइन,” अराघचीले एक्समा पोस्ट गर्दै भने, “हालसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको समाप्तिका लागि सम्झौता भएको छैन ।”

    अराघचीले इजरायलले इरानमाथिको गैरकानुनी आक्रमण तेहरानको समयअनुसार बिहान ४ बजेभन्दा ढिलो नहुने गरी रोकेमा, “हामी त्यसपछि हाम्रो जवाफलाई निरन्तरता दिने कुनै मनसाय राख्दैनौँ ।” सैन्य कारबाहीको समाप्तिको अन्तिम निर्णय पछि गरिने उनले बताएका छन् । 

    यसअघि, अमेरकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इजरायलले इरानले आफ्नो देशमा आक्रमण रोक्ने सर्तमा युद्धविराम सम्झौतामा सहमति जनाएको सीएनएनलाई बताएका थिए । र, इरानले ती सर्तहरूमा सहमति जनाएको बताइएको थियो ।

    यसैबीच, इजरायलले तेहरानमा नयाँ आक्रमण सुरु गरेको इरानको सरकारी मिडियाले जनाएको छ । इजरायलले इरानको राजधानी तेहरानका विभिन्न क्षेत्रमा आक्रमणहरू सुरु गरेको छ । यो कारबाही इजरायलले पहिले तेहरान र डिस्ट्रिक्ट ६ का बासिन्दाहरूलाई त्यहाँ सैन्य कारबाही गर्ने चेतावनी दिएपछि भएको हो । 

    यसअघि, सेनाले डिस्ट्रिक्ट ७ का लागि पनि निकासी चेतावनी जारी गरेको थियो । सीएनएन

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij