२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • बुटवल । रुपन्देहीकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदाे  कात्तिक १७ गते उपचुनाव हुने भएको छ ।

    आज बसेको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

    २०७९ साल मङ्सिर ४ गते भएको चुनावमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि पद रिक्त रहेकाे छ । बोहरा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए ।

    बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधन भएसँगै रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव हुन लागेकाे हाे ।

    याेसँगै रुपन्देही–३ मा मतदाता नामावली दर्ता कार्य स्थगित भएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij