भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–६ मा अवस्थित आर्या पब्लिक स्कुलले विगत ६ वर्ष देखि नै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याउदै आएको छ ।
नयाँँ व्यवस्थापन आएसँगै २०७६ सालदेखि यस स्कुलले एसईईमा नियमित सहभागिता जनाउदै आएको छ । निरन्तरको उत्कृष्ट नतिजा सँगै स्कुलको शैक्षिक गुणस्तरमा अब्बल सावित भएको छ । हालै मात्र आएको एसईई वर्ष २०८१ को नतिजामा स्कुलले शत प्रतिशत नतिजा ल्याएको हो ।
विद्यालयका सञ्चालक दिपशिखा का अनुसार यस वर्ष ८ जना परीक्षार्थी सहभागी मध्ये स्कुलकी छात्रा अनुष्का लुंगेलीले ३ दशमलव ४५ जिपिए ल्याई स्कुल प्रथम भएकी छन । यस्तै अन्य सहभागीहरुले पनि २ दशमलव ७७ जिपिए भन्दा बढि ल्याई सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएको स्कुलकी प्रिन्सिपल दिपशिका घिमिरेले बताइन । उनले विद्यार्थीहरुको अथक परिश्रम र प्रयास, शिक्षकको समर्पण अभिभावकहरुको सहयोग र स्कुलको समन्वयकारी भूमिकाले नै निरन्तर शत प्रतिशत नतिजा ल्याउदै आएका छौ, हाम्रो प्रयासनै निरन्तर कायम रहने उनले भनिन । हामीले शैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षामा पनि जोड दिएकोले नतिजा खस्किने सम्भावना कम हुन्छ, यो शैलीले सहजै विद्यार्थीहरुले ज्ञान हासिल गर्ने हुदा नतिजा राम्रो हुने गरेको छ ।
स्कुलका अनुसार २०७६ साल देखि ३ जनाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुदै अाएका छन ।
विद्यालयका प्रबन्ध निर्देशक अरुण शर्माले हामीले विद्यार्थीहरुलाई अध्ययन मात्रै नगराई अतिरिक्त क्रियाकलाप, अनुशासन, व्यवहारिक ज्ञान र नैतिक शिक्षामा पनि जोड दिदै आएकोले निरन्तरता र प्रयासकै कारण विद्यालयले लगातार राम्रो नतिजा दिँदै आएको जनाए ।
शर्माले सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने अठोट व्यक्त गरे । भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको छ, विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित भई गुणस्तरीय शिक्षाको नमूना प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ । विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले नै होला धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।
स्कुलमा हाल प्रि प्राइमरी देखि कक्षा १० सम्म ४ सय विद्यार्थी अध्ययनरत रहेका छन ।




