२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मोर्चाबाट प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई अघि सारे राजिनामा दिएर प्रतिनिधी सभामा लड्ने !

मोर्चाबाट प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई अघि सारे राजिनामा दिएर प्रतिनिधी सभामा लड्ने !

मोर्चाबाट प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई अघि सारे राजिनामा दिएर प्रतिनिधी सभामा लड्ने !

मोर्चाबाट प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई अघि सारे राजिनामा दिएर प्रतिनिधी सभामा लड्ने !

मोर्चाबाट प्रदेश सभा सदस्य सन्तोष पाण्डेलाई अघि सारे राजिनामा दिएर प्रतिनिधी सभामा लड्ने !
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • भैरहवा । रुपन्देहीको क्षेत्र नं. ३ मा उपचुनाव हुने निश्चित भएसँगै उम्मेदवारीको चर्चा सुरु भएको छ । सबैले चासोका साथ कस्को कस्को उम्मेदवरी हुने प्रतिक्षा गरिरहेकै बेला प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले पनि उम्मेदवारी दिने स्रोतले जानकारी दिएको छ ।

    बिहीबार रुपन्देही लक्षित काठमाण्डौमा भएकोे मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार अघि सारेर जानेगरी छलफल चलाएपछि पाण्डेको चर्चा सुरु भएको छ । मोर्चाको बैठकमा उपनिर्वाचनमा अलग अलग जाँदा जित्न नसक्ने निष्कर्षसहित मिलेर जानेबारेसात दल छलफलमा गएका हुन । बैठकले मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ, पछिल्ला विकसित घटनाक्रमबारे छलफल भएको थियो ।

    उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएपनि सहमतिका लागि थप छलफल आइतबार डाकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार त्यहाँ नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले दाबी गरेका छन् ।

    पाण्डेले संविधान सभा चुनावमा उम्मेदवारी दिई दोस्रो स्थान हासिल गरेका, २०७४ मा संघीउ समाजवादी फोरमबाट उम्मेदवारी दिई प्रदेश सभामा निर्वाचित भएका थिए । 

    जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालवीर चौधरी र अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र सिएन थारु सहभागी थिए ।

    यस्तै, लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रजकिशोर सिंह सहभागी थिए । लोसपाको तर्फबाट सन्तोस पाण्डेको नाम अघि सारिने हुने प्रदेश समितिले जानकारी दिएको छ । 

    स्रोतका अनुसार सन्तोष कुमार पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिने छन । रुपन्देहीको क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित पाण्डेलाई मोर्चाको तर्फबाट उम्मेदवार बनाउने पक्का भएपछि प्रदेश सभाबाट राजिनामा दिने छन । 

    २०७९ को निर्वाचनमा निर्वाचित राप्रपा सांसद दीपक बोहराको निधनपछि क्षेत्र प्रतिनिधिबिहीन भएको हो । बोहराको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन आयोगले उपचुनाव गर्ने तयारी थालेको छ । रुपन्देहीसहित गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यको उपचुनाव हुदैछ ।

    २०७९ मा एमाले, राप्रपा र जसपाको गठबन्धनबाट बोहराले चुनाव जितेका थिए । काँग्रेस, माओवादी र लोसपाको संयुक्त गठबन्धनबाट बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार थिए । अहिले पनि कांग्रेसमा खाणको नाम चर्चामा आएपनि उनी विरुद्धको मुद्धा विचारचिन रहेकोले प्रमोदकुमार यादवको चर्चा पनि छ । यस्तै गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर पाँचबाट एमालेका बासुदेव घिमिरेसँग पराजित भएका भरत शाहको नाम पनि चर्चामा छ । यस्तै, नेकपा एमालेबाट केन्द्रिय सदस्य खिमलाल भट्टराईको नाम चर्चामा आएको छ ।

    यता बोहराको निधन पछि राप्रपाबाट उम्मेदवार बन्न उनका छोराहरु प्रज्वल बोहरा र गौरव बोहरा हरु पनि आकाक्षीको रुपमा छन । दुई भाइ माध्ये एक जनाले नभए बोहराकी नातिनी एवं पार्टी केन्द्रीय सदस्य स्वाती थापा उम्मेदवारको रुपमा रहने चर्चा पनि राप्रपामा भइरहेको छ । 

    रुपन्देहीको क्षेत्र नं.३ भारतको सुनौली नाकादेखि बुटवलसम्म फैलिएको छ । सांगठनिक संरचना हेर्दा क्षेत्रमा काँग्रसे, एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ , पुराना पार्टी भन्दा पनि नयाँलाई पनि यहाँ चुनावका लागि ठाँउ पाउछन भन्ने पनि छ । काँग्रेस–एमाले सत्ता सहकार्यमा रहेकाले यहाँको चुनावमा के गर्छन त्यसले नतिजा उल्टाउनेछ । रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिकाका १३ वटै वडा, सियारी गाउँपालिकाको ५ वटा वडा ओमसतिया गाउँपालिकाको एक, मायादेवी गाउँपालिकाको २,  तिलोत्तमा नगरपालिकाको २,  शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाको ६ वटा वडा समेटिएको छ ।

    २०७९ सालमा दीपक बोहोराले जित्दा काँग्रेसका खाँण पराजित भएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणले ३४ हजार ६ मत पाउदा राप्रपाका दीपक बोहोराले ३६ हजार ६४८ मत पाई विजयी बनेका थिए । समानुपातिक मत हेर्दा यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाउँदा एमालेले १६ हजार ९८६ मत पाएको छ ।

    यस्तै, रास्वपाले १४ हजार १५४ मत ल्याउँदा राप्रपाले भने ९ हजार १८३ मत पाएको छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीले १ हजार ३४७ र नेकपा एसले ७८१ मत प्राप्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij