२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बुटवल । आउदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गैरहेको उपनिर्वाचनमा बुटवल १९ का लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन। आइतबार पत्रकार सम्मेलन मार्फत गैरेले उम्मेदवारी घोषणा गरेका हुन। 

    आफू भ्रस्टाचार बिरोधि पहिचान र पार्टीहरु भन्दा माथी स्वतन्त्र भएर मैदानमा जान लागेको दाबी गर्दै यी कारणले नै आफ्नो जित्ने आधार रहेको उल्लेख गरे। 

    उनले पार्टिका कार्यकर्ता भन्दा माथी उठेर स्वतन्त्र रुपमा काम गरेको दाबी गरे। उनले पार्टिको साधारण सदस्य नलिएको दाबी गर्दै विभिन्न चुनावमा सहयोग गरेकै आधारमा पार्टिको नाम दिइएको भन्दै खण्डन गरे। 

    स्वतन्त्र पदलाइ न्याय गर्न जरुरी रहेको बताउदै उनले भने -"देशको माग स्वतन्त्रमय बन्नुपर्छ भन्ने रहेको छ।"

    ‘म कुनै राजनीतिक दल निकट होइन’, उनले भने, ‘अहिलेको माग र आवश्यकता स्वतन्त्र हो । त्यही भएर चुनावी मैदानमा उत्रिएको छु । रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’ 

     
    निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै जिल्लामा चुनावी सरगर्मी शुरू भएको हाे । २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

    रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । 

    यहाँ हुने उपचुनावमा नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, एमालेबाट खिमलाल भट्टराई, राप्रपाबाट दीपक बोहोराका छोराहरू प्रज्ज्वल र गौरव बोहोरा पनि आकांक्षाी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij