२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिसागर नदीमाथिको पुल भाँचियो, धेरै सवारी साधनहरू खसेको आशंका

महिसागर नदीमाथिको पुल भाँचियो, धेरै सवारी साधनहरू खसेको आशंका

महिसागर नदीमाथिको पुल भाँचियो, धेरै सवारी साधनहरू खसेको आशंका

महिसागर नदीमाथिको पुल भाँचियो, धेरै सवारी साधनहरू खसेको आशंका

महिसागर नदीमाथिको पुल भाँचियो, धेरै सवारी साधनहरू खसेको आशंका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • एजेन्सी । गुजरातको आनन्द जिल्लास्थित महिसागर नदीमाथिको पुल भत्किएको छ। बीबीसीका अनुसार पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका  छन्। घटनाको खबर पाउने वित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ। अहिलेसम्म तीनजनालाई सकुशल उद्धार गरिएको छ। तर, कुनै हताहत भएको आधिकारिक पुष्टि भएको छैन।

    घटनास्थलका तस्बिरहरूमा पुलको भाँचिएको रेलिङमा एउटा ट्रक अड्किएको देखिन्छ भने केही अन्य सवारी साधनहरू नदीमा खसेको देख्न सकिन्छ। त्यहाँ उपलब्ध भिडियो फुटेजमा स्वास्थ्यकर्मीहरूले नदीबाट पीडितहरूलाई निकालेर एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ। पुलमा प्रहरी बलको उपस्थिति पनि देखिएको छ।

    यो पुल आनन्द जिल्लाको गम्भीरालाई बडोदराको पाड्रा र भरुचसँग जोड्ने सडकमा अवस्थित थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको छ। यो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ र बडोदरालाई आनन्दसँग जोड्ने मार्गमा अवस्थित छ। 

    सडक तथा भवन विभागका सचिव पीआर पटेलियाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij