२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इट्टा व्यवसायी गुप्ताले उम्मेदवारी दिने घोषणा

इट्टा व्यवसायी गुप्ताले उम्मेदवारी दिने घोषणा

इट्टा व्यवसायी गुप्ताले उम्मेदवारी दिने घोषणा

इट्टा व्यवसायी गुप्ताले उम्मेदवारी दिने घोषणा

इट्टा व्यवसायी गुप्ताले उम्मेदवारी दिने घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • भैरहवा  
    रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उप–निर्वाचनमा युवा अजयकुमार गुप्ताले उम्मेदवारी दिने बताएका छन् । हाल कुनै पार्टीमा आबद्धता नरहेको भन्दै गुप्ताले पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गते हुने उप–निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 


    सिद्धार्थनगरका पूर्व उप–प्रधानपञ्च  ४३ वर्षीय गुप्ता सिद्धार्थनगर–३ का स्थायी बासिन्दा हुन् । इँट्टा उद्योगी र विभिन्न संघसंस्थामा आबद्ध गुप्ता राप्रपाका जिल्ला उपाध्यक्षबाट केही महिना अगाडि पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका थिए । निर्वाचन आयोगले उप–निर्वाचनको मिति तोकेसँगै रुपन्देहीमा आकांक्षीहरु थपिंदै जाँदा गुप्ता सार्वजनिक रुपमा उम्मेदवारी दिने घोषणा नै गरेका हुन् । केही दिन अगाडि बुटवल मोतीपुरका लेखनाथ गैरेले पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए ।


    गुप्ताले आफू यहाँको रैथाने र युवा समेत रहेकोले भैरहवाले उम्मेदवार खोजीरहेको बेला आफ्नो उम्मेदवारी दिने योजना बनाएका हुन् । विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेका गुप्ताले उम्मेदवारी दिने पक्का भए पनि स्वतन्त्र  रुपमा वा कुनै पार्टीबाट उम्मेदवारी दिने भन्नेबारे भने तय नभएको बताए । उम्मेदवारी दर्ता गर्ने समय अझै रहेकोले यो बिचमा आवश्यक छलफल हुन्छ । अहिले उम्मेदवार दिने घोषणा गरेको छु, आवश्यकता र जनताको मागअनुसार आफूले अघि बढ्ने बताउँदै अबको नेतृत्व रैथाने युवाले नै पाउनु पर्छ, बाहिरीलाई धेरै मौका दिइयो, तर अहिले यहाँको माटोमा भिजेको उम्मेदवार यो क्षेत्रले खोजेको कारण आफू अघि बढेको उनले जनाए । 


    ‘म यहीँ जन्मे, यहीँ हुर्के, शिक्षा पाएँ, उद्योग–व्यवसाय सञ्चालन गरे, मेरो बाल्यकालदेखि अहिलेसम्मको अवस्था यही बित्यो । म यहाँको स्थानीय भएकोले मलाई यहीको माटोको माया भएकोले नै रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनमा होमिने हो,’ उनले भने–‘निर्वाचनमा आउँछन राजधानी गएपछि बिर्सिने नेता भैरहवाले खोजेको छैन, अब स्थानीय बुझेको, जनताको मर्म र यस क्षेत्रको विकासका लागि रैथाने युवाले नेतृत्व लिनुपर्छ  ।’–


    गुप्ताले पत्रकार सम्मेलनमार्फत् आफ्नो केही एजेण्डा पनि सार्वजनिक गरेका छन् । जसमा उनले अबको नेतृत्व रैथाने भन्दै पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने,  कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बिउ एवं सिँचाइका लागि सुविधा र उत्पादित सामग्रीहरुको बजारीकरण गर्ने, उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधानका लागि उच्च प्राथमिकता दिने, गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने,  जिल्लामा उत्पादित सम्पूर्ण सामग्रीलाई विश्व बजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने र अन्तर्राष्ट्रिय रुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्र विस्तार गरी उपमहानगर बनाउन पहल गर्ने प्रारम्भिक एजेण्डा हुन् ।


    उनले यो क्षेत्रको स्थानीय नेता नहँुदा क्षेत्रको समस्या जस्ताको त्यस्तै रहेको पाएकोले ठूलो सम्भावना रहेको यो क्षेत्रको कुरा केन्द्रसम्म उठाउनका लागि पनि आफ्नो उम्मेदवारी रहने बताए ।  निर्वाचन आयोगले उप–निर्वाचनको मिति घोषणा गरेपछि यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । दलहरुले पनि उपयुक्त उम्मेदवार खोजिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान नै गरी उम्मेदवारको आवेदन मागेको छ । ७ मधेशी दल आबद्ध मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने गरी अन्य पार्टीले समर्थन गर्ने तय भएको छ । राप्रपाबाट दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र नातिनी स्वाति थापा  उम्मेदवारका आकांक्षी छन्  । यस्तै नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका दलबाट पनि दर्जनौ नेताहरु आकांक्षी रहेका छन् ।


    राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि रिक्त पदमा यहाँ उप–निर्वाचन हुन लागेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij