बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल ७ मा रहेको बुटवल सरसफाइ तथा बातावरण सहकारी संस्थाको परिषदको सिवनगर सरफाइ पार्कमा बृक्षारोपण गरेको छ ।
क्लवले ग्लोवल कज इनभारमेन्ट कार्यक्रम अन्र्तगत फल फुलका विरुवा रोपिएको वर्ष लायन्स क्लव अफ बुटवल सिद्धार्थ २०२४-२५अध्यक्ष मोहन विक्रम प्याथले बताए ।
अध्यक्ष प्याथले बाताबरण सम्वधि संस्था बुटवल सरसफाइ तथा बातावरण सहकारी संस्थासंग मिलेरकाम गर्न पाउदा सुसिलागेको बताए । उनले आफुहरु यस परिषद्लाइ सिदार्थ बाटिका बनाउने गरी अगाडि बढाएको बताए ।
बृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अथिति २०२४-२५ डिस्टीक गर्भनर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले बतावरण संगै आयआर्जनलाइ समेत जोडेर गरीएको बृक्षारोपण ले सवैलाइ फाइदा दिने बताए ।
बुटवल सरसफाइ संस्थाका अध्यक्ष कृष्ण बहादुर कार्कि लायन्स क्लव बुटवल सिद्धार्थले वृक्षरोपाण गरेर उदारणनीय कार्य गरेको बताउदै सरसफाइ संस्थाले विरुवाको संरक्षणगनसहयोग गर्ने प्रतिबद्धता जनाए ।
र्कायक्रममा सरसफाइ संस्थाका ब्यवस्थापक टोपलाल शर्मा आप लिचि जस्ता उपयोगि राम्रा फलफुल को बृक्षारोपण गरेर बताबरण र प्रकृतिको संरक्षणमा क्लवले योगदान दिएको बताए ।
र्काक्रमका संयोजक छविलाल भुसालले सवैको सहयोगबाट रोपिएका बिरुवा संरक्षण गर्ने र बाकि रहेको तारवार अन्यकाम पनि गरिने बताए ।
बृक्षारोपण फस्ट भिडिजि बलाराम भट्टराइ एरिया चिफ दिपक प्रसाद श्रेष्ठ, नितु श्रेष्ठ,ओम थापा,यदुमणि प्रोख्रेल चिरन्जीवि अधिकारी ,सचिव सुर्दशन खनाल, निवर्तमान अध्यक्ष नारायण विक्रम कुँवर, उपाध्यक्ष राजु भारी, उपाध्यक्ष दिनेशमणि सुवेदी,सुन्दर श्रेष्ठ कविता गौतम लगातले संस्थाले आगामिदिनमा बातावरण संरक्षणका कार्यक्रम गररहने बताएका थिए ।
बृक्षारोपण कार्यक्रमका संयोजक लायन छविलाल भुसालको स्वागत, सचिव सुर्दशन खनालको संचालन र अध्यक्ष मोहनविक्रम प्याथको अध्यक्षतामा २०२४-२५ डिस्टीक गर्भनर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गकोे प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।




