२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन्। एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

    उनले भने, "हामीले चौथो अंगका रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं। तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ। यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ। त्यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ।"

    प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिता कल्याणकारी कोष, उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए। सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानको अभिन्न साझेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमले जनविश्वास र सुशासन मजबुत पार्न सक्ने धारणा व्यक्त गरे। उनले भने, "प्रदेश सरकारको मूल उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो। यस अभियानमा सञ्चार क्षेत्र हाम्रो सहयात्री हो।"

    कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताएका छन्। एनटिभिलाई सञ्चार क्षेत्रको ब्राण्डको रूपमा बुझिने गरिएको बताउँदै उनले आगामी वर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिए।

    सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरी, रत्न खत्री, भण्डारीलाल अहिर, सञ्जु चौधरी, अम्बिका काफ्ले, मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

    एनटिभि कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको यात्रा र योगदानबारे जानकारी गराए। कार्यक्रमको सहजीकरण एनटिभि कोहलपुरका पुरुषोत्तम सापकोटाले गरेका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापनदाता तथा कार्यक्रम सञ्चालकलाई सम्मान गरिएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij