२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • बुटवल  ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले सुशासन, पारदर्शिता, आर्थिक सुधार र सेवा प्रवाहलाई केन्द्रमा राख्दै सरकार अघि बढेको बताए।

    प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गर्दै संघीयताको अभ्यासमा प्रदेशले अग्रणी भूमिका खेलेको जनाएको छ। चालु खर्च कटौती, पुँजीगत खर्च वृद्धि, ‘मुख्यमन्त्री ड्यासबोर्ड’, ‘किसान एप’ र सांस्कृतिक सम्पदाको पुस्तिका विमोचनजस्ता पहलहरू उल्लेखनीय छन्।

    स्वास्थ्यमा एक हजार शैयाको अस्पताल निर्माण, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घरमै सेवा, ७५ हजार बालबालिकालाई पूर्ण खोप, ३८५१ बिरामीलाई आर्थिक सहायता र मानसिक स्वास्थ्य योजना कार्यान्वयन गरिएको छ।

    IMG-20250724-WA0016.jpg

    शिक्षामा लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालन, एसईई नतिजा ३७% बाट ६२% मा सुधार, १२ आइसिटि ल्याब, ११ विज्ञान प्रयोगशाला, छात्रवृत्ति तथा तालिम कार्यक्रमहरू सञ्चालन भएका छन्।

    सडक, खानेपानी र कृषि पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ। रामपुर–कपुरकोट सडक, १३६ खानेपानी आयोजना, ९७२ साना सिंचाइ योजना, गुणस्तरीय बीउ वितरण र अर्गानिक कृषि प्राथमिकतामा राखिएको छ।

    खेलकुदमा उजिरसिंह रंगशाला निर्माण, १७ खेलाडी/प्रशिक्षक सम्मान, पर्यटन प्रवर्द्धनमा ‘घुम्न जाउँ बर्दिया’, शालिग्राम महोत्सव, उद्योग व्यवसायमा ७७८९ दर्ता, र वन क्षेत्र व्यवस्थापनमा वन डढेलो नियन्त्रण, फायर लाइन निर्माण, बीमा कार्यक्रमजस्ता प्रयास उल्लेखनीय छन्।

    मुख्यमन्त्री आचार्यले प्रदेशलाई "जनताको सरकार" बनाउन सुशासनलाई केन्द्रमा राखी योजनाबद्ध विकास अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij