२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीलाइ शिक्षाकाे हव बनाउने तयारीमै छाैँ : प्रदेशमन्त्री तिमिल्सिना

लुम्बिनीलाइ शिक्षाकाे हव बनाउने तयारीमै छाैँ : प्रदेशमन्त्री तिमिल्सिना

लुम्बिनीलाइ शिक्षाकाे हव बनाउने तयारीमै छाैँ : प्रदेशमन्त्री तिमिल्सिना

लुम्बिनीलाइ शिक्षाकाे हव बनाउने तयारीमै छाैँ : प्रदेशमन्त्री तिमिल्सिना

लुम्बिनीलाइ शिक्षाकाे हव बनाउने तयारीमै छाैँ : प्रदेशमन्त्री तिमिल्सिना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • बुटवल । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्विनी प्रदेशलाई शिक्षाको हव बनाउने नीति तथा कार्यक्रममा २७ वटा बुदामा योजना प्रदेश सरकारले बनाएको बताएका छन् ।

    बुटवलकाे नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा 'सामाजिक विकास मन्त्रीसंग विद्यार्थी' कार्यक्रमलाइ सम्बाेदन गर्दै मन्त्री तिमिल्सिनाले प्रदेशले एसइइ परीक्षा संचालन सम्बन्धमा संघीय सरकारले पूर्ण रुपमा अख्तियार दियो भने त्यस भन्दा राम्रो तरिकाले गर्ने दावी गरे । 

    उनले लुम्विनी प्रदेशमा ४ हजार ५३१ विद्यालयमा १२ लाख बढी विद्यार्थी लुम्विनी प्रदेशमा रहेको बताउँदै आफुले पदभार ग्रहण गरेदेखी नै एसइइ नतिजालाई सुधार्न बिभिन्न पहल गरी ३८.६५ प्रतिशत बाट अहिले ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको दाबी गरे । उनले विद्यालय व्यवस्थापन समितिमा शिक्षा सुधार ल्याउन सक्ने व्यक्ति छनौट गराउने गरी अभिभावकलाई सचेत गराए ।

    प्रदेश सरकारले थुप्रै गौरवका आयोजना संचालन गरेको जसमा लुम्विनी प्रादेशिक अस्पताल, लुम्विनी प्राविधिक विश्वविद्यालय रहेको, रुपन्देही शैक्षिक हवको रुपमा चिनिएको सकिएकोले प्रविधि संग जोड्न कम्तिमा २० वटा नमुना विद्यालयलाई संघीय सरकारसंग मिलेर आइटीसंग जोड्ने योजना भएको ७६ जना कर्मचारी भएको सामाजिक विकास मन्त्रालयमा ४० जना गुल्मीका मात्र कर्मचारी भएको दावी गरे ।

    शिक्षा क्षेत्रमा केहि गर्ने साहस गर्नु भएका विद्यालयका प्रधानाध्यापकको प्रशंसा गरे । मन्त्री तिमिल्सिनाले विज्ञान. सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्ययनरत ११ र १२ का विद्यार्थीहरुले सोधेका प्रश्नकाे जवाफ समेत दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेले ०८१ को एसइइ नतिजामा एकहत्तर प्रतिशत विद्यार्थी उत्तीर्ण भएको चार जीपीए ल्याउने नेपालकै उत्कृष्ट जिल्ला भएको बताए ।

    बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा नवीन विद्यार्थी क्लवका अध्यक्ष सुवास पौडेलको संचालनमा सम्पन्न कार्यक्रमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यासहरु विद्यालयको भौतिक,शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्षहरु र विद्यालयका सवाल पक्ष र कमजोर पक्षहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्ट, बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, नगर खेलकुद विकास समितिका सदस्य सुजन पुन लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij