२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

परमेश्वरकाे मण्डलीलाइ नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीकाे सम्मान

परमेश्वरकाे मण्डलीलाइ नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीकाे सम्मान

परमेश्वरकाे मण्डलीलाइ नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीकाे सम्मान

परमेश्वरकाे मण्डलीलाइ नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीकाे सम्मान

परमेश्वरकाे मण्डलीलाइ नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीकाे सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • बुटवल ।  नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले परमेस्वरको मण्डली बिश्व सुसमाचार समाज लुम्बिनी प्रदेशलाई रक्तदान सेवामा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा पत्र प्रदान गरेको छ।

    ४०औं रक्त सञ्चार दिवसको अवसरमा आयोजित विशेष समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो। 

    "रक्तदान जीवनदान" भन्ने मुल नाराका साथ रक्त सञ्चार सेवामा सक्रिय संस्था मण्डलीले आर्थिक वर्ष २०८०/०८१ मा १३८ युनिट रक्तदान कार्यक्रम संचालन गरेर समाजमा उदाहरणीय योगदान पुर्‍याएको भन्दै यो सम्मान प्रदान गरिएको हो।

    नेपाल रेडक्रस सोसाइटीका रक्त सञ्चार सेवा समितिका संयोजक सुशिल गुरुङ, समाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री जन्मजय तिलिल्सिना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको संयुक्त हस्ताक्षरमा उक्त प्रशंसा पत्र प्रदान गरिएको हो।

    ण्डलीले रक्त संकलनका कार्यक्रमहरू सन्चालन गर्दै आपतकालीन रक्त आवश्यकताको समाधानमा समेत महत्वपूर्ण भूमिका खेलेको प्रमाणपत्रमा लेखिएकाे छ । 

    संस्थाका प्रतिनिधिहरूले यस सम्मानलाई सामाजिक सेवाप्रतिको आफ्नो समर्पणको प्रमाणको रूपमा लिएका छन्। उनीहरूका अनुसार भविष्यमा अझ प्रभावकारी ढंगले समाजसेवामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ।
    परमेस्वरको मण्डली बिश्व सुसमाचार समाज लुम्बिनी प्रदेशका अध्यक्ष बिगम तामांग लगायतलाइ सम्मानपत्र दिइएकाे थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij