२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

'झरीपछिको इन्द्रेणी' फिल्म निर्देशन गर्दै पाँडे, को-को छन् कलाकार?

'झरीपछिको इन्द्रेणी' फिल्म निर्देशन गर्दै पाँडे, को-को छन् कलाकार?

'झरीपछिको इन्द्रेणी' फिल्म निर्देशन गर्दै पाँडे, को-को छन् कलाकार?

'झरीपछिको इन्द्रेणी' फिल्म निर्देशन गर्दै पाँडे, को-को छन् कलाकार?

'झरीपछिको इन्द्रेणी' फिल्म निर्देशन गर्दै पाँडे, को-को छन् कलाकार?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • बुटवल । टेलिसिरियलका चर्चित कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) फिचर फिल्म निर्देशनको तयारीमा छन्। उनले निर्देशन गर्न लागेको फिल्म 'झरीपछिको इन्द्रेणी' को साउन १५ देखि छायांकन सुरू गर्ने तयारी छ। उक्त नामलाई वर्किङ टाइटल राखेर छायांकन थालिँदैछ।

    यो फिल्ममा थुप्रै कलाकारहरू जोडिइसकेका छन्। निर्माणपक्षले यसबारे औपचारिक रूपमा केही नबताए पनि प्राप्त जानकारी अनुसार फिल्मको कास्टिङ रोचक हुने देखिएको छ। स्रोतका अनुसार फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायत कलाकार जोडिएका छन्।

    अभिनेता गणेश उप्रेती फिल्मका लागि अमेरिकाबाट नेपाल आइसकेका छन्। अर्जुन घिमिरे (पाँडे) स्वयंले पनि फिल्ममा अभिनय गर्नेछन्।  पशुपति शिवजी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा, विशाल घिमिरेको सहायक निर्देशन रहनेछ।

    फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहने बुझिएको छ। काठमाडौंभित्रकै परिवेरमा रहेर फिल्म निर्माण हुन लागेको स्रोतको भनाइ छ। फिल्म बुद्ध थापाले खिच्ने तय भइसकेको छ। निर्माणपक्षले फिल्मबारे छिट्टै औपचारिक जानकारी दिने तयारी गरिरहेको छ। 

    चर्चित सिरियल 'सक्किगोनि' गर्दागर्दै सिरियलको टिमले फिल्म 'लाज शरणम्' बनाएको थियो। यसमा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए। उक्त फिल्म कुमार कट्टेलले निर्देशन गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij