२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पछिल्लो एक घण्टामा दाङ, रोल्पा र अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा

पछिल्लो एक घण्टामा दाङ, रोल्पा र अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा

पछिल्लो एक घण्टामा दाङ, रोल्पा र अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा

पछिल्लो एक घण्टामा दाङ, रोल्पा र अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा

पछिल्लो एक घण्टामा दाङ, रोल्पा र अर्घाखाँचीमा  सबैभन्दा बढी वर्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • बुटवल ।  देशका केही स्थानमा शनिबार (साउन १७) अपराह्न ‘मध्यम’ वर्षा भएको छ । दाङ, रोल्पा र अर्घाखाँचीमा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बबई नदी, रणसिंह र अरू साना खोलामा बहाव बढ्ने सम्भावना छ । वर्षासँगै पहिरोको जोखिम पनि रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । 

    “साउन १७ गते, साँझ ५ः०० बजे । पछिल्लो एक घण्टामा दाङ जिल्लास्थित पधमपुर, रोल्पा जिल्लास्थित केवार गाउँ र अर्घाखाँची जिल्लास्थित रणसिंह वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा भएकोले सो क्षेत्र भई बहने बबई नदी, रणसिंह खोला र अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

    पछिल्लो एक घण्टामा सबैभन्दा बढी पानी दाङको पधमपुरमा ४९ मिलिमिटर परेको विभागले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

    कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij