बुटवल । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै बुटवलका निजी विद्यालय सञ्चालकहरूले पालिकालाई ज्ञापनपत्र बुझाएका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)को बुटवल उपमहानगरपालिका समितिले उपमहानगर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।
प्याब्सनले संसद्मा दर्ता भएका शिक्षा, स्वास्थ्य तथा मानव अधिकारसम्बन्धी विधेयकमा देखिएका त्रुटि संशोधनका माग गर्दै देशव्यापी चरणबद्ध आन्दोलन कार्यक्रम अन्तरगत बुटवलका नगरप्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्र बुझाईएको हो ।
प्याब्सन बुटवल अध्यक्ष मित्रहरी आचार्य, केन्द्रीय उपाध्यक्ष टिकारम न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, केन्द्रीय सदस्य यज्ञमूर्ती पाण्डे, हिसान रुपन्देही अध्यक्ष कृष्ण न्यौपाने लगायतको सहभागितामा ज्ञापनपत्र बुझाईएको हो ।
केन्द्रीय उपाध्यक्ष टिकारम न्यौपानेले बिदालय शिक्षा बिधेयकमाथी रहेको पूर्ण छात्रबृत्तिको सन्दर्भमा असहमती रहेकोले बिरोधका कार्यक्रमहरु चलिरहेको बताए ।
प्याब्सन बुटवल अध्यक्ष मित्रहरी आचार्यले केन्द्रीय कार्यक्रम अनुसार सबै पालिकामा भएको कार्यक्रमलाई बुटवलमा पनि निरन्तरता दिईएको बताए ।




