२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा विमानस्थल नचले कुनै चल्दैन : मन्त्री पाण्डे

भैरहवा विमानस्थल नचले कुनै चल्दैन : मन्त्री पाण्डे

भैरहवा विमानस्थल नचले कुनै चल्दैन : मन्त्री पाण्डे

भैरहवा विमानस्थल नचले कुनै चल्दैन : मन्त्री पाण्डे

भैरहवा विमानस्थल नचले कुनै चल्दैन : मन्त्री पाण्डे
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • भैरहवा । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको लागि सहजीकरणको बाटोबाट अगाडि बढ्न आग्रह गरेका छन् । 


    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले शनिबार गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी छलफलमा बोल्दै मन्त्री पाण्डेले यहाँको विमानस्थल सञ्चालनका लागि व्यवसायीहरुले संघर्ष समिति गठन गर्नुभन्दा त्यसलाई समन्वय र सहजीकरणले माध्यमबाट जानु पर्छ ।  विरोधभन्दा पनि सहजीकरण र सहकार्य गरेर काम गर्न जरुरी भएको भन्दै लुम्बिनीवासीले बुझ्न जरुरी रहेको बताए । 


    उनले भने–‘यो विमानस्थल चल्छ, आज चले पनि चल्छ, भोली भए पनि चल्छ एकदिन गुल्जार भएर चल्छ । संसार भरका एयरपोट बन्ने बित्तिकै चलेका छैनन्, दुःख व्यहोरेर मात्रै चलेका छन् । सुरुमैै एयरपोर्ट गुल्जार कहीं पनि हँुदैनन्, निराशा बोकेर नै आशा भएको हो ।’ 


    समय हामीले कुर्नु पर्छ, नकुरी उपाय नै छैन । ग्यारेण्टीका साथ भन्छु यो एयरर्पोट नचले नेपालमा कुनै एयरपोट चल्दैन । हामी आफँैले निराशा सम्प्रेसण गरेका छाँै । ग्राउण्ड हेन्डलीङको विषयमा नेपाल एयरलाइन्ससँग कुरा गरी समाधान गर्दै यसलाई प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।


    निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउन पर्छ । निजी क्षेत्र अगाडि नबढे विकास नहुने बताउँदै उनले ३ वटा कुरामा निजी क्षेत्रले ध्यान दिनु पर्ने बताए । कर छली गर्न नपाउने, कर छली हुन नदिन राज्यसँग कर छली गर्दैन भन्ने आत्मविश्वास दिनुपर्छ, दोस्रो श्रमको शोषण गर्न नपाउने गरी राज्यले ध्यान दिनुपर्छ भने तेस्रो उपभोक्तालाई ठगी गर्न पाउँदैन, यो ३ वटामा ध्यान दिए करोड लगानी गर्ने निजी क्षेत्रले ५ वर्षपछि अर्ब पु¥याउँछन् । 


    प्रतिस्पर्धा गरी चलाउन नसकिएको विमानस्थल चलाउन दिने गरी ऐन बनाउनेमा सरकार दृण रहेको छ । ठूलो लगानीका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समयदेखि उडानविहीन भइरहेका बेला निजी क्षेत्रले चाहेमा सञ्चालन गर्न दिन मिल्ने गरी ऐनमा व्यवस्था गरिने उनले बताए ।


    विमानस्थल नचल्नुमा एक मात्र कारक छैन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कुरा पर्यटन मन्त्रालय मातहतमात्र नभइ पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रमलगायत मन्त्रालयको उत्तिकै भूमिका रहने भएकाले एक्लो प्रयासबाट जहाज उडाउन सम्भव नभएको उनले जनाए ।


    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पनि मन्त्रालयको तर्फबाट भारत समक्ष प्रस्तुत गर्नुपर्ने एजेण्डामा अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको मन्त्री पाण्डेले बताए ।

     
    सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहँुदा यो क्षेत्रका उद्योगी व्यवसायी संकटमा परेको बताए । संसारका मानिसहरुको पवित्रस्थल लुम्बिनीको क्षेत्रमा बनेको यो विमानस्थललाई सञ्चालनमा यहाँले भूमिका खेल्नुपर्ने सुझाव दिए । उनले  सुनको कचौरा भएको यो लुम्बिनी क्षेत्रले चम्चामा भिख मागेको बताउँदै यो विमानस्थल सञ्चालन नहुनुमा भारतको कुनै भूमिका नभई भारतलाई दोष देखाएर सरकार उम्कीन खोजेको बताए ।

    विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबिच तालमेल हुनुपर्ने उनको भनाइ थियो । तत्कालकालागि नेपाल एयरलाइन्सबाट भए पनि नियमित उडान गर्नुपर्नेमा उनको जोड थियो । भैरहवाबाट नेपालगञ्ज, धनगढीलगायत ठाउँमा पनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिएका थिए । 


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबावु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा पछिल्लो अपडेट गराउँदै सञ्चालनमा विभिन्न समस्या श्रृजना भएको बताए । यसअघि केही समय उडान भरेका जजीरा र थाई एयर एशियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको जनाए । उनले यहाँबाट भिसा, श्रमस्वीकृती, म्यानपावर र मान्यता प्राप्त भएका स्वास्थ्य संस्थाहरु नहुँदा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । 


    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले सरकारले विमानस्थल चलाउन सक्दैन भने निजी क्षेत्रलाई दिएर भए पनि विमानस्थल चलाउन सक्नु पर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रसँगै अन्य व्यवसायी पनि धरासायी भएको छन्, जग्गाको भाउ पनि बढ्नुको साटो घटिरहेको बताए । 


    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले प्रष्ट पार्नुपर्ने बताए । ‘हामीलाई सधैं निराशामा राख्न हुँदैन’, उनले भने–‘चलाउन सकिँदैन भने सक्दैनौं भने भइहाल्यो ।’ एउटै विषयमा पटक–पटक छलफल गरिरहँदा, सञ्चारमाध्यममा यहीँ विषय आइरहँदा समेत विमानस्थलबारे सरकारले बेवास्ता गरिरहेको उनले बताए ।
    नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले काठमाडौका विचौलियाको फन्दामा सरकार परेका कारण यो विमानस्थल सञ्चालन नभएकोे आरोप लागए । संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनु सरकारको गम्भीर कमजोरी रहेको जनाए । 


    सिद्धार्थ होटल संघ, रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चानसँगै लुम्बिनीवासीको भविष्य जोडिएको बताए । उनले पर्यटनक्षेत्र धरासायी भएका बताउँदै निर्माणाधिन होटलहरुमा बैंकहरुले  लगानी गर्न डराएको उल्लेख गरे । 


    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले स्थानीय, प्रदेश र संघीय सरकारको तालमेल नहँुदा पनि यो विमानस्थल सञ्चालनमा समस्या देखिएको बताए । यो विमानस्थलबाट सीमावर्ती क्षेत्रका भारतीयले पनि सुविधा लिन सक्ने उनले जानकारी दिए ।


    पर्यटन व्यवसायी संजिव जोशीले सरकारले चाहेमा यो विमानस्थल सञ्चालनमा कुनै समस्या नरहेको बताउँदै विमानस्थल सञ्चालनमा नेपाल सरकारको नै रुचि कम रहेका कारण सञ्चालन हुन नसकेको बताए । यो विमानस्थल ४ वटा प्रदेशसँग जोडिएको भन्दै यहाँको प्रदेश सरकार तथा स्थानीय सरकारहरुले सञ्चालनमा खासै प्राथामिकतामा नपारेको जोशीले बतए  । यो विमानस्थलमा सुरक्षा कमजोरी रहेको भन्दै विमानमा कार्गो र यात्रुलाई समेत पर्याप्त सुविधा नभएको जोशीले जनाए ।
    पर्यटन व्यवसायी सञ्जय वजिमयले झन्डै ३० लाख पर्यटक ल्याउने क्षमता भएको यो विमानस्थलमा १५ हजार पर्यटक मात्र आउनु सरकारको कमजोरी भएको बताए  ।


    नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापाले पर्यटन मन्त्रीले विगतमा बोलेका कुराहरुलाई पुरा गरेमात्र यो विमानस्थल सञ्चालन हुनसक्ने उल्लेख गरे । उनले सबै अन्तर्राष्ट्रिय उडानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुनुभन्दा यो विमानस्थलबाट गराउन मन्त्रीलाई आग्रह गरे ।  सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्य दिपेन्द्र पौडेलले यो प्रदेशमा विदेशमा जाने श्रमिकका लागि मेडिकल, मेनपावर यहाँ भए पनि राज्यले सहजीकरण नगरेको बताए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij