पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगााडी बढाउन बर्तमान एमाले र काग्रेस सहितको गठवन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताए ।
उप प्रधानमन्त्री पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समिकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको उप प्रधान तथा अर्थमन्त्री पौडेलले दावी गरे ।
अर्थमन्त्री पौडलले देश विकासको बाधकको रुपमा तिनवटा प्रमुख अस्थिरताहरू देखापरेपनि तिनीहरू किनारा लागेको बताए ।
प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डा विहिन खहरेखोला प्रबृत्ति र सत्ता प्राप्तीका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रबृत्ति समाप्त भएको बताए ।
उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे ।




