२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठान कांग्रेसका उपसभापति रास्वपामा प्रवेश

प्युठान कांग्रेसका उपसभापति रास्वपामा प्रवेश

प्युठान कांग्रेसका उपसभापति रास्वपामा प्रवेश

प्युठान कांग्रेसका उपसभापति रास्वपामा प्रवेश

प्युठान कांग्रेसका उपसभापति रास्वपामा प्रवेश
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • प्युठान।नेपाली काँग्रेस प्युठानका क्षेत्र (क) का उपसभापति रावस्पामा प्रवेश गरेका छन्।माण्डवी गाउँपालिका -३ जस्पुरमा  स्थायी घर भई लामो समयदेखि राजनीति क्षेत्रमा सक्रिय रहेका रेशम बहादुर ठेडीले नेपाली कांग्रेस पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्। 

    नेपाली कांग्रेसका केन्द्रिय नेता देखि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले  समेत पार्टी सिद्धान्त र सर्वसाधारण जनताको भावनाको कदर नगरेपछि पार्टी छोड्न बाध्य भएको ठेडीले बताए। 

    उनि २०६७ मा नेपाली कांग्रेस प्रबेश संगै माण्डवी गाउँपालिकाको पार्टी सभापति बनेका थिए।पार्टी प्रवेश सँगै निकै क्रियाशील रहेर संगठन बिस्तारमा लागेका ठेडी २०७२ सालमा नेपाली कांग्रेस क्षेत्रीय (क) का उपसभापतिमा चुनिएका हुन्।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा माण्डवी गाउँपालिको अध्यक्ष पदमा उम्मेदवार दिएका ठेडीले १३ सय ८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी भन्दा १ सय ८८ मतले पराजित भएको सुनाए। 

    रास्वपा प्युठानको आयोजना साथै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रमुख आथित्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा  ठेडी सँगै बिभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।    

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij