२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही ३ घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको  रास्वपाका मधु अर्यालको दावी

रुपन्देही ३ घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको  रास्वपाका मधु अर्यालको दावी

१२ हजार मतान्तरले  जित्ने आंकलन

रुपन्देही ३ घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको  रास्वपाका मधु अर्यालको दावी

रुपन्देही ३ घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको  रास्वपाका मधु अर्यालको दावी

१२ हजार मतान्तरले  जित्ने आंकलन

रुपन्देही ३ घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको  रास्वपाका  मधु अर्यालको दावी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू  चुनाव हुन लागेको क्षेत्रका पार्टी नेता–कार्यकर्ता र मतदाताले राम्ररी चिनेको र चाहेको उम्मेदवार भएको बताएका छन् । 


    पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले प्राइमरी इलेक्सनमा पनि आफूले सबैभन्दा बढी मत पाउनेमा ढुक्क रहेको बताए ।

    क्षेत्रका पार्टी नेता कार्यकर्ताले आकांक्षी ९ जनामध्ये जसलाई बढी मत दिन्छन् उसले टिकट पाउने बढी सम्भावना हुने विधि रास्वपाले बनाएको छ । प्राइमरी इलेक्सन यही भदौ १२ र १३ गते हुंदैछ । यसको अंकभार ५० रहेको छ । पोलिटिकल प्रोक्सिमिटीको २० र लिडरसिप एकेडेमीको २५ अंक गरी ४५ अंकको छनोट चरण सकिएको छ ।

    ५ प्रतिशत अंक समावेशिताको रहेको छ । सम्बन्धित निर्वाचन क्षेत्र अर्थात भूगोलका नेता कार्यकर्तामा भिजेका र संगठन निर्माणमा दिनरात नभनी खटेकाले प्राइमरी इलेक्सनमा मधु अर्याल अरु आकांक्षी भन्दा धेरै अगाडि रहेको रास्वपाका कार्यकर्ताहरु नै बताउंछन् । 


    रास्वपालाई रुपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताए । उनले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध सांधेको विषयमा चलाइएको हस्ताक्षर अभियानमा रुपन्देही ३ मा मात्रै ४० हजार बढी हस्ताक्षर संकलन भैसकेको र अझै बढ्ने क्रममा रहेको बताए । 

    गत चुनावमा संगठन विनै समानुपातिकमा १४ हजार मत पाएर तेस्रो दल बनेको उल्लेख गर्दै अर्यालले यसपटक रुपन्द्येही ३ का ३४ वडामा संगठन विस्तार भइसकेकाले १२ हजार बढी मतान्तरले रास्वपाले जित्ने अहिलेसम्मको आंकलन रहेको पार्टी नेताहरु बताउंछन्  ।  रुपन्देही ३ रास्वपामय र घण्टीमय भइसकेको दावी गर्दै अर्यालले रास्वपाको बढ्दो शक्ति देखेर ठूला दलहरुलाई झ्वांला छुटेको (तनावमा परेको) अर्यालको दावी छ ।   रास्वपाको उम्मेदवारको लागि अर्यायसहित ९ जना टिकटको आकांक्षी छन् । 

    पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा अर्यालले आफ्ना योजना र भिजन प्रस्तुत गर्दै टिकट पाएमा जित्ने र संसदमा पुगेपछि भ्रष्टाचारको अन्त्य गरी सुशासन, जनताको पक्षमा कानून र नीति निर्माणसंगै  सशक्त प्रतिपक्षी सांसदको भूमिका खेल्दै  २०८४ मा रास्वपाको वहुमतको ढोका खोल्न रुपन्देही ३ मा जित निकाल्न आफू सबैभन्दा उपयुक्त उम्मेदवार हुने दावी गरे ।

     

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकास, खेल पर्यटन सहित रुपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेको अर्यालले बताए । कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफनो एजेण्डा रहेको उनले सुनाए ।  
    उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी माहोल रास्वपामय रहेको दावी गरे । 

    रुपन्देही ३ मा नदी दोहन र ढंगा,गिटीबालुवा चोरी तस्करीको ठूलो समस्या रहेको भन्दै आफूले यसलाई नियन्त्रण गर्न सही वैज्ञानिक नीति र विधि आफूसंग रहेकाले त्यो बनाउन भूमिका खेल्ने बताए ।  निर्वाचन आयोगले रुपन्देही क्षेत्र न ३ को उपनिर्वाचनको मिति सार्वजनिक गर्दा रुपन्देही ३ का ३६ वडामध्ये २ वडा वडा समिति मात्र बनेकामा त्यसयता आफ्नो सक्रियतामा ३४ वडामा संगठन विस्तार भएको अर्यालले बताए । 


    ‘क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुको चाहना र सुझाव अनुसार  नै उम्मेदवार बन्न लागेको हुं, पार्टीले अपनाएको उम्मेदवार छनोट विधि अनुसार पनि प्राइमरी इलेक्सन र अन्य मापदण्डमा अब्बल दावी गरेको छु’–अर्यालले भने–‘म निर्वाचन क्षेत्रका मुद्धालाई स्थापित गर्ने गरी उम्मेद्वार बन्न खोजेको हुँ ।’ भूगोललाई मसिनो गरी बुझेका अर्याल उम्मेद्वार भएकाले कार्यकर्ताहरु समेत उत्साही छन् ।  अर्याल जे काम गर्छन्, त्यसलाई इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अर्यालले अन्य उम्मेद्वारहरुले जस्तो ठूला सपना बाँडेका छैनन् ।


    राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रुपमा आफूले अभिभाकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट छ । त्यसो त अर्यालले पार्टी समक्ष आफ्ना योजनाहरुको विस्तृत योजना नै पेश गरेका छन् , तर उनले आफू सांसदका रुपमा नीतिगत र कानुनी रुपमा गर्न सक्ने भूमिकालाई मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । विमानस्थलसँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन र त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना छ ।


    तिनाउ दानव नदीलाई प्रकृति र मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र र ग्रामिण इलाकाहरुमा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिवद्धता छ । प्रविधिमा आधारित रहेर कृषिको आधुनिकिकरण गरी उत्पादन बढाउने र यसको बजारीकरणमा बिशेष भूमिका खेल्ने उनले बताए । ‘कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा बिशेष रुपमा नीतिगत कामहरु गर्न खटिन्छु’ उनले भने । उनले निर्वाचन क्षेत्र न। ३ को मा मल र सिंचाईको व्यवस्था, पूर्वाधार विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छन् ।

    अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होइन्, देशका विभिन्न अभियानमा सामेल भएका छन् । पार्टी सभापती रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारका लागि दवाव दिन आयोजित पैदल यात्रामा उनी रवि लामिछानेसँगै हिडेका थिए । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात र उद्धारका बेला पनि अर्याल  पार्टी सभापतीसँगै खटिएका थिए ।


    यस्तै पाल्पा, अर्घाखाँची, कपिलबस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतीको सम्बोधनमा सँगसँगै हिडेको उनी बताउँछन् । स्वदेशमा मात्रै होईन अर्याल बेल्जियमको एन्ट्रोपसिटिमा प्रमुख अतिथिका रुपमा सहभागी भएर संगठन विस्तार गरेका थिए । त्यसैगरी उनी पोल्याण्डको राजधानी वासा,बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेको थिए । बुटवल १७ का मधु प्रसाद अर्याल अभियान्ता, लेखक, र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् ।

    सामाजिक रुपान्तरणका लागि नयाँ काम गर्ने अठोट सहित राजनीतिमा लागेका उनी बालबालिकाको क्षेत्रमा १५ बर्षदेखि काम गरेका व्यक्ति हुन् । बालबालिकमा देखिने  संवेदनशिल विश्वव्यापी समस्या  ‘अटिजम’मा विद्यावारिधिको शोधकर्ता हुन् ।  अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा उनले काम गरेका छन् ।

    काठमाडौंका विभिन्न कलेजहरुमा प्राध्यापन समेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन् । कक्षा ११ र १२ को अनिवार्य नेपाली ९२०६३० बिषयका सहलेखक हुन भने उनले टाकुरिएका नेपाली कविता सग्रह २०६१ प्रकाशित छन् । अर्यालको सबै क्षेत्रका व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उनको मान्यता छ । 

    रास्वपाबाट  उम्मेदवार बन्न आवेदन दिनेहरुमा अर्यालसंगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय,  डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर ९जेबी० गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij