२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओली क्याबिनेटमा लुम्बिनीका पोडेल र अधिकारी मात्रै

ओली क्याबिनेटमा लुम्बिनीका पोडेल र अधिकारी मात्रै

ओली क्याबिनेटमा लुम्बिनीका पोडेल र अधिकारी मात्रै

ओली क्याबिनेटमा लुम्बिनीका पोडेल र अधिकारी मात्रै

ओली क्याबिनेटमा लुम्बिनीका पोडेल र अधिकारी मात्रै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • बुटवल । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको शपथ लिएसँगै मन्त्रपरिषद् पनि गठन गरेका छन् । ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । जसमा दुई उपप्रधानमन्त्री छन् भने १९ मन्त्री छन् । 


    शपथकै दिन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूणर्ता दिएर काममा ध्यान केन्द्रित गर्ने लक्षण देखाएका छन् । तर यो मन्त्रिपरिषद् समावेशीका दृष्टिले कमजोर देखिएको छ । महिला दुई जना मात्र छन् भने दलित शून्य छ । जनजाती चार जना छन् भने मधेशी समूदायको भने राम्रो उपस्थिति छ । 


    प्रदेशगत प्रतिनिधित्वका हिसाबले सन्तुलन मिलेको छैन । नेकपा एमाले तथा नेपाली कांग्रेसका नेताहरुको गृहप्रदेशको रुपमा रहेको लुम्बिनीबाट जम्मा दुई जना मात्रै मन्त्री बनेका छन् । 


    अन्य प्रदेशको तु्लनामा लुम्बिनी प्रदेशबाट धेरै नै आकांक्षी रहेको भएपनि दुईजना मात्रै अटाउनु लुम्बिनी प्रदेशलाई उचित मुल्यांकन नभएको भन्दै आलोचना हुन थालेको छ । यहाँबाट मन्त्री बनेका दुबैजना नेकपा एमालेका हुन भने कांग्रेसबाट कोहीपनि मन्त्री बनेका छैनन् । 


    यद्यपी उपप्रधानएवं अर्थ मन्त्रीको रुपमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित विष्णु पौडेलले सपथ ग्रहण गरेका छन् । 
    यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा बलराम अधिकारीले सपथग्रहण गरे । यस अघिपनि मन्त्री बनेका दुबैको बजारमा राम्रो छाप रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij