२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी

गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी

गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी

गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी

गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी
मगर राेल्पामा रहेर सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • रोल्पा
    रोल्पामा खानेपानी निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । जिल्ला सदरमुकाम लिबाङ तथा आसपासका क्षेत्रहरु रेउघा, थलिबाङ, मेबाङलगायतमा खानेपानी पु¥याइरहेको रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको शनिबार राति सम्पन्न मतगणनामा सुमन विक नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो ।
    कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षका उम्मेदवार रहेका रामबहादुर बुढाथोकीलाई ६८ मतको अन्तरमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार रहेका सुमन विकले जित हासिल गरेका हुन् । निर्वाचन मत परिणामअनुसार सुमनले ४०५ मत र निकटम प्रतिद्वन्द्वी रामबहादुरले ३३७ मत प्राप्त गरेका छन् । 


    जम्मा ९१० जना मतदाता रहेकोमा ७९२ मत खसेको थियो । जसमा २३ मत बदर भएको निर्वाचन समिति संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।


    त्यस्तै माओवादी केन्द्रनिकट प्यानलबाटै उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रुपसरा घर्तीमगर र कोषाध्यक्षमा शिला विक निर्वाचित भएका छन् । सदस्यहरुमा सोही प्यानलका गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाई र रेशमबहादुर पुन विजयी भएका छन् ।


    शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो भने राति करिब १२ बजे मतगणना सकिएको थियो । विजयी घोषणा भएसँगै आइतबार बिहान विजयी टोलीले मतदाताको टोलटोलमा पुगेर धन्यवाद व्यक्त गरेको छ । ‘मतदाताको अपेक्षालाई पूरा गर्ने मेरो नेतृत्वको निर्वाचित कार्यसमितिले प्रतिज्ञा गरेको छ,’ मतदातासँगको भेटमा अध्यक्ष सुमनले भने– ‘हामी उपभोक्ताको हितका निम्ति काम गर्छौं, तपाईंहरुले खबरदारी र सहयोग दुवै गर्नुस् ।’ 


    उनले निर्वाचन प्रक्रियामा राजनीतिक प्रतिष्पर्धा भए पनि अब खानेपानीको सवालमा पूर्वाग्रहपूर्ण राजनीतिलाई त्यागेर साझा उद्देश्यप्रति केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले सहयोग गर्ने मतदाता, राजनीतिक दल, संघसंस्था सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।


    यसअघि भएका केही संस्थाका निर्वाचनमा माओवादीकै सहयोगमा निर्वाचित भए पनि अन्ततः ‘माओवादीको गढमा अर्को पार्टीको फलानो विजयी’ भन्दै प्रचार गरिएका कारण अहिले पार्टी नै लाग्नुपरेको माओवादीका रोल्पा नगर अध्यक्ष फविन्द्र आचार्यले बताए । 


    ‘राम्रो मान्छे जोसुकै भए पनि सहयोग गरौं भन्ने हाम्रो धारणा भए पनि अन्ततः रोल्पाजस्तो ठाउँमा माओवादीलाई हरायौं भन्दै हल्ला गरिन्छ,’ आचार्यले भने–‘त्यस्तो आरोपको खण्डन गर्नुपर्छ भनेर नै पार्टी अगाडि देखिएको हो, यस्तो साझा संस्थाहरुमा सकेसम्म यसरी खुलेआम राजनीति नगर्दा ठीकै हुन्छ भन्ने कुरामा हामी सचेत छौं ।’ 


    स्मरण रहोस्, तीन वर्षअघि रोल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार एकआपसमा लडेका थिए, जसमा एमालेका विजयी भए । तर सामाजिक सञ्जालमा ‘माओवादीको क्षेत्रमा एमालेको विजयी’ भन्दै एमालेका केन्द्रतहका नेताले प्रचार गरेका थिए । यसबाट माओवादी अहिले पनि असन्तुष्ट देखिंदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij