२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा आन्दाेलन चर्कियाे, जेनजीले लगाए आगाे

नवलपरासीमा आन्दाेलन चर्कियाे, जेनजीले लगाए आगाे

नवलपरासीमा आन्दाेलन चर्कियाे, जेनजीले लगाए आगाे

नवलपरासीमा आन्दाेलन चर्कियाे, जेनजीले लगाए आगाे

नवलपरासीमा आन्दाेलन चर्कियाे, जेनजीले लगाए आगाे
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • परासी   ।नवलपरासीको सदरमुकाम परासीमा युवा (जेनजी)हरुले प्रदर्शन स्थानीय तह र सरकारी कार्यालय ताेडफाेट तथा आगाे लगाएका छन   ।

    बिहान १० बजेदेखि प्रदर्शन सुरु गरेका उनीहरुले दिउँसो १ बजेसम्म विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी गरेका छन् ।

     नेपाली कांग्रेस जिल्ला समितिको पार्टी कार्यालय, नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभासद बैजनाथ कलवारको सम्पर्क कार्यालय, माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन् ।

    उनीहरुले कार्यालयभित्र रहेका सबै सामान बाहिर ल्याएर ध्वस्त बनाएका छन् । उनिहरू जिल्ला समन्वय समिति ,रामग्राम नगरपालिका मालपाेत ताेडफाेड, सरकारी वकिल कार्यालय करमा आगाे लगाएका छन ।

    प्रशासन कार्यालयमा ढुङ्गामुडा गरी क्षति पु¥याएका छन् । ढुङ्गामुडाबाट  एमाले पार्टी कार्यालयमा सामान्य क्षति पुगेको छ । प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेपनि प्रहरीले भने कुनै हस्तक्षेप गरेको छैन ।

    आगजनी भएका स्थानमा दमकल जान नसकेकाले नियन्त्रण गर्न नसकिएको प्रदर्शन स्थलमा खटिएका एक प्रहरीले जनाएका छन् । 

    प्रदर्शनकारीहरुले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयलाई निसानामा राखेर प्रदर्शन गरिरहेका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयमा भएको प्रदर्शनमा प्रहरीले झन्डै २० राउण्ड अश्रृग्यास हानेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij