बुटवल । जेन जेड बुटवल रुपन्देहीले मंगलबार दिउंसो २ बजेपछि रुपन्द्येहीका विभिन्न ठाउंमा भएका तोडफोड र आगजनीमा संलग्नर्लाई कारवाही गर्न माग गरेको छ । शान्तिपूर्ण आन्दोलन चलिरहेको समयमा दिउँसो २ बजेपछि विभिन्न स्वार्थ बोकेर आन्दोलनलाई बिथोल्न हतियारधारी अराजक भिडहरु प्रवेश गरि भाटभटेनी लगायत सरकारी र निजी भवन,व्यवसायमा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आगजनी र तोडफोडमा संलग्न सबैलाई पहिचान गरी कारवाहीमा ल्याउन सुरक्षा निकायसंग छलफल भएको
जेन जेड बुटवल रुपन्देहीका संयोजक विवेक पाण्डेले बताए । आन्दोलनमा घुसपैठ गरी जेन जेडका युवामाथि हातपात गरी घाइते बनाइएको र दुर्व्यवहार समेत गरिएको पाण्डेले बताए । ‘हिजोको जेन जेडको शान्तिपूर्ण आन्दोलन चलिरहेको समयमा दिउँसो २ बजेपछि विभिन्न स्वार्थ बोकेर आन्दोलनलाई विथोल्न हतियारधारी अराजक भिडहरु प्रवेश गरि भाटभटेनी लगाएत विभिन्न सरकारी कार्यलयहरुमा आक्रमण गरि जेन जेडका साथीहरुमा हातपात र घाईते बनाएको कुरामा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। यसमा आवद्ध सबैलाई कारवाहीको दायरामा ल्याउन सुरक्षा निकायसंग छलफल भएको छ,गलत गर्ने जो कोहीलाई पनि छुट छैन’–विज्ञप्तिमा भनिएको छ ।
हिजो जेन जेडको आन्दोलनका क्रममा विभिन्न दलका कार्यकर्ता समेत मिसिएर बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, ईलाका प्रशासन कार्यालय , सडक डिभिजन, अख्तियार अनुसन्धान कार्यालय, भाटभटेनी, ड्रीम ईन्टरनेशनल होटल, एमाले प्रदेश पार्टी कार्यालय, माओवादी केन्द्र पार्टी कार्यालय, काङ्रेस पार्टी कार्यालय, भैरहवा एयरपोर्ट, सिद्दार्थनगर नगरपालिका, पुर्व गृहमन्त्री बालकृष्ण खांण र तिलोत्तमाका मेयर रामकृष्ण खांणको तिलोत्तमा ८ स्थित घरको माथिल्लो तला,संघीय सांसद बासुदेव घिमिरेको तिलोत्तमास्थित घर र उनको लगानी रहेको टुलिप होटेल लगायतमा तोडफोड र आगजनी भएको थियो ।




