२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन र संसद् बैठक बोलाउन आठ दलको माग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौं । आठ राजनीतिका दलका नेताले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन र संसद् बैठक बोलाउन माग गरेका छन् । उनीहरूले र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् ।

    शनिबार (भदौ २८) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक ढंगले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

    “नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन,” उनीहरूले भनेका छन् ।

    प्रतिनिधिसभा विघटनको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त एवं संवैधानिक परम्पराविपरीत रहेको उनीहरूले उल्लेख गरेका छन् ।

    यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीका नेता छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij