२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • बुटवल  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन ।

    ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताएका हुन। शुभकामना सन्देशमा भनिएको छ‘बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरू सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।’

    मुख्यमन्त्री आचार्यले बालअधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रूपमा आत्मसात गरी ऐन, नियमहरु कार्यान्वयनमा आएको बताएका छन । साथै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको भनाई उनको छ ।

    लुम्बिनी प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए।

    यस अवसरमा उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वान गरे।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij