बुटवल । गुल्मीका ओमप्रकाश अर्याल संवैधानिक कानुन र मानव अधिकारका चर्चित अधिवक्ता हुन्। लोकमानसिंह कार्कीविरुद्ध खरो उभिएर चर्चित बनेका उनले काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकारको भूमिका पनि निभाएका थिए।
संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष रहेका अर्यालले डा. गोविन्द केसीको अभियानदेखि संक्रमणकालीन न्यायसम्म पीडित पक्षमा लामो लडाइँ लडेका छन्। लोकमान प्रकरणमै पुनरावलोकन मुद्दा जितेर उनले न्यायिक वृत्तमा आफ्नो नाम स्थापित गरेका थिए।
जन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा उनी गृह तथा कानुनमन्त्री बनेका छन्। अधिवक्ता राजु चापागाईंका अनुसार अर्याल निडर, पारदर्शी र सुशासनप्रति प्रतिबद्ध व्यक्ति हुन्। तर मन्त्रीको भूमिकामा समन्वय, मानवअधिकारको रक्षा र दण्डहीनता अन्त्य गर्न सक्ने चुनौती अर्यालमाथि छ।




