२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा जेनजी प्रर्दशनको क्रममा भएकाे क्षतिको एमालेद्वारा अवालोकन

नवलपरासीमा जेनजी प्रर्दशनको क्रममा भएकाे क्षतिको एमालेद्वारा अवालोकन

नवलपरासीमा जेनजी प्रर्दशनको क्रममा भएकाे क्षतिको एमालेद्वारा अवालोकन

नवलपरासीमा जेनजी प्रर्दशनको क्रममा भएकाे क्षतिको एमालेद्वारा अवालोकन

नवलपरासीमा जेनजी प्रर्दशनको क्रममा भएकाे क्षतिको एमालेद्वारा अवालोकन
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • परासी । नेकपा एमाले पार्टी  पश्चिम नवलपरासीले जेनजी प्रर्दशनको क्रममा  भएको क्षति अवलोकलन तथा भेटघाट गरेको छ।

    जिल्लामा जेनजीको जेनजी प्रर्दशनको क्रममा सरकारी कार्यालय सर्बजनिक निजीमा आगजनी तोडफोड स्थलगत गरी एमाले पार्टीले अवलोकलन तथा भेटघाट गरेको हो ।

    एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको नेतृत्वमा जिल्लामा भदौ २४ गते जेनजी प्रर्दशनको क्रममा स्थानिय तह,वडा कार्यालय जिल्ला समन्वय समिती मन्त्री, पूर्वमन्त्री नेताको घरमा आगजनी र तोडफोड भएको अवलोकन भेटघाट तथा सत्वाना दिने काम गरिएको अध्यक्ष अधिकारीले बताए ।

    जिल्लामा सबैभन्दा प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेशचन्द्र यादव दुई वटा घरमा आगजनी तथा तोडफोड क्षति र पूर्व मन्त्री हृदेश त्रिपाठी,सबिधान सभा सदस्य बिक्रम खनाल,नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्याल, तथा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा सकीन अन्सारीको घरमा आगजनी तथा तोडफोड क्षति धेरै क्षति भएको अधिकारीले जानकारी दिए । 

    उनको अनुसार नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, सुनवल नगरपालिकाका उपमेयर सूर्य दुबे बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ,पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता,सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय,लगायत नेताकार्यकताको तोडफोट आगजनी भएको उनीहरुको घरमै पुगी भेटघाट गरी सत्वाना  दिने काम र घटनाको बिषयमा जानकारी लिएको बताए ।

    जेनजी प्रर्दशन क्रममा स्थानिय तहका कार्यालयहरु ध्वत बनेको छ कुनै कनै स्थानिय तहबाट सेवाप्रवाह हुन नसक्ने अवस्था रहेको अध्यक्ष अधिकारी भने । उनले भने आवश्यक कागजपत्र समेत प्रर्दशनकारीहरुले जलाएको र भवनहरु पूर्ण क्षति भएको र नेता र अरु पालिका अध्यक्षहरुको व्यक्तिगत सम्पती घर जलाएको उनीहरुको घर कुनै पनि जिन्सी सामान खाद्यान्न कपडालत्ता समेत सबै जलेर खरानी परिणत भएको र  बस्ने बासा समेत नरहेको छ । 

    रामग्राम नगरपालिका कार्यालय मेयर बस्ने कार्यकक्ष पूर्ण रुपले ध्वत भएको र अन्य शाखाहरुमा पनि क्षति पुगेको छ । जिल्ला समन्वय समिती कार्यालय भवन तल तल्ल र माथिल्लो तल्लमा पूर्ण रुपले क्षती त्यही तल्लो भवनमा रहेको सुकुम्बासी तथा अव्यस्थित बासोबास आयोग कार्यालयमा रहेका आवश्यक काजगपत्र जलेको छ ।

    सुनवल नगरपालिका  भवन तोडफोड कार्यालय मालपोत कार्यालय तोडफोड लगायतको कार्यालयहरु तोडफोड भएको छ । अध्यक्ष अधिकारीको नेतृत्वमा अवलोनकन तथा भेटघाटको क्रममा  पार्टीका केन्द्रिय  सदस्य,पार्टीका पदअधिकारी, पाटीबाट निर्वाचित मेयर पार्टीका भातृ संगठनका लगायतको सहभागिता रहेको थियो ।

    जिल्लामा  भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा करिब ५० वटा बढी सर्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको  थियो ।यता जिल्लामा भएको क्षतिको विवारण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीको संयोजकत्वमा  १३ सदस्यीय समिति गठन गरी क्षतिको विवारण संकलन गर्न कार्य समितीले सुरु गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij