परासी । जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको बताएका छन ।
जेनजी प्रर्दशनको क्रममा नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुलाई कर्वाही गर्न प्रशासनसंग माग गरेका छन ।
पूर्वमन्त्री ,लुम्बिनी प्रदेश सासद एवम् पूर्व मन्त्री देव कलवार तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले संयुक्त रुपमा आज परासीमा पत्रकार सम्मेलन गदै त्रिपाठीले जेनजी प्रर्दशनकारीहरुले हाम्रो व्यक्तिगत सम्पती घरहरु तोडफोड आगजानी नगरेको बताउदै नितान्त आपराधिक समूह र तस्काहरुको समूहले गरेको बताए ।
उनले भने निर्वाचन क्षेत्र १मा जुन प्रदेश सासद तथा गाउँपालिका अध्यक्षलाई लक्षित गरी नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्कारहरुले घटना गरेका छन उनीहरु खोजी गरी प्रशासन कर्वाही गर्ने हामी तीन जना संयुक्त रुपमा किटानी जाहेरी दिएको बताउदै भने ती आपराधिक समूह र तस्काहरु पहिचान गरी सकेको उक्त भिडियो क्लिप समेत प्रहरी प्रशासनलाई दिईएको त्रिपाठीको भनाई थियो ।
प्रशासनलाई हामीले एक हप्ताको समयसिमा समेत दिईएको भन्दै प्रशासन एक हप्ताभित्र त्यस्ता आपराधिक समूह र तस्काहरुलाई समात्ने नभने जनताबाट जनर्वाही गर्ने चेतवानी दिए ।उनले अझै पनि नेताहरु सुध्रिएन भने यो भन्दा फरक स्थिती नेपालमा नआउने बेर छैन त्यसैले अब बेला नेताहरु आत्मा गालानी गरे सुध्रिनुपर्ने आवश्यक रहेको त्रिपाठीको भनाई छ । अहिले देश जटिल अवस्थामा रहेकोले नेताहरु यसलाई निकास दिन सबै एक जुट भएर देश र सबिधानको रक्षा गर्न तर्फ अग्रसर हुनपर्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वमन्त्री देवकरण कलवारले देशमा शुख शान्ति समृद्ध होस अन्य र अन्यामा परेको व्यक्तिहरु न्याय पाउन सरकारसंग माग गरेका छन । उनले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी गर्ने संग्लन व्यक्तिहरुलाई तथ्य सत्य छानबिन गरी कानून काठघरमा उभिनुपर्ने प्रशासनलाई भनेका छौ कलवारले भने । त्यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले नेताको व्यक्तीगत सम्पत्तीमाथि गरीएको आगजानी तथा तोडफोडमा संग्लनमाथि प्रशासन कर्वाहीको माग गरिएको बताए ।
उनले भने जुन किसिमको हाम्रो व्यक्तीगत सम्पत्ती ,घरमाथि गरीएको आगजानी तथा तोडफोडमा आपराधिक समूहले गरेको बताउदै मसंग भिडीयो क्लिपहरु सुरक्षित रहेकोले त्यस्ता व्यक्तीहरुमाथि कार्वाही गर्ने हामी तीन जनासंयूक्त रुपले निवेदन किटानी जाहेरी प्रशासन प्रहरी कार्यालयमा दिएको बताए । त्यस्ता आपराधिहरुको पहिचान खोजी गरी अब उनीहरुलाई कानूनी काठघारामा ल्याउनुपर्नेमा प्रशासनसंग माग गरेका छौ ।जेनजी प्रर्दशनकारीहरु हाम्रो घरमा तोडफोड गरेका हैन्न आपराधिक तथा तस्कारहरु संग्लन रहेको भन्दै उनीहरुलाई छानबिन गरी अम्बिलब कर्वाही र हाम्रो जिवधन सुरक्षा प्रशासनले गर्नुपर्छ ।
जिल्लामा भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा करिब ५० वटा बढी सर्वजनिक सम्पत्ति, निजी र संस्थाका संरचनामाथि तोडफोड र आगजनी भएको थियो । जेनजी प्रर्दशनको क्रममा रामग्राम नगरपािलका बर्दघाट नगरपालिका सुनवल नगरपालिका प्रतापपुर गाउँपालिका नेताहरु निजी सम्पती ,घरहरुमा स्थानिय तह,वडा कार्यालय जिल्ला समन्वय समिती मन्त्री, पूर्वमन्त्री नेताको घरमा आगजनी र तोडफोड भएको थियो ।




