बुटवल । जेनजीले भदौ २३ र २४ गते देशभर गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदीबन्दीमध्ये चार हजार ७७४ कैदी कारागार फर्किएका छन् ।
बाँकी नौ हजार ८०३ जना कैदीबन्दीले भने मुलुकको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सुरक्षा व्यवस्थालाई नै चुनौती दिँदै उच्चपदस्थ अधिकारीलाई नै धम्की दिन थालेका छन् ।
फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्चपदस्थ अधिकारीलाई धम्की दिन थालेको पाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीबाट न्यायाधीशलाई धम्की आउन थालेको बताइन ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितका वरिष्ठतम न्यायाधीशसहितको टोलीले सोमबार काठमाडौँ जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन गरेको थियो ।




