२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

पार्टीमा पूर्ववत सक्रिय हुने योजनामा छन् ओली

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

पार्टीमा पूर्ववत सक्रिय हुने योजनामा छन् ओली

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ ।

    जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो । एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ । बाहिर निस्किनासाथ ओलीलाई सुरक्षित बासस्थानमा राख्न निकटस्थहरू खोजीमा जुटेका छन् । एमाले उच्च स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक हुनसक्ने बतायो ।

    स्रोतले भन्यो, ‘यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३-४ दिनमा बाहिर आउनुहुन्छ ।’

    जेनजी आन्दोलनले देशमा राजनीतिक उथपुथल ल्याएपश्चात एमाले पंतिमा पार्टी पुनर्गठनको बहस छ । तर, नेतृत्व तहमा भने अहिलेसम्म त्यस्को संकेत देखिएको छैन । ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक पनि बसेको छैन । ओलीले आफू बाहिर आएपश्चात मात्रै बैठक बस्ने सन्देश नेताहरुलाई पठाएका छन् । अध्यक्ष पद त्याग्ने कुनै पनि संकेत उनले नगरेको स्रोतको भनाइ छ ।

    ‘उहाँ बाहिर आएपछि पार्टी अध्यक्षकै रूपमा पूर्ववत सक्रिय बन्नुहुने छ,’ ओली निकट एक नेताले भने, ‘नेतृत्वमा फेरबदलको अहिले सम्भावना छैन ।’

    ओली अहिले पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा छन् । उनकै निर्देशन अनुसार भोलि एमालेले संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ । आन्दोलनमा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयको भग्नावशेषमै संविधान दिवसको कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा पार्टीका प्रमुख नेताहरूको उपस्थिति रहनेछ ।

    ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij