२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अध्यक्ष सीके राउतको राजीनामा मागेका जनमतका ६ नेताले छाडे पार्टी

अध्यक्ष सीके राउतको राजीनामा मागेका जनमतका ६ नेताले छाडे पार्टी

अध्यक्ष सीके राउतको राजीनामा मागेका जनमतका ६ नेताले छाडे पार्टी

अध्यक्ष सीके राउतको राजीनामा मागेका जनमतका ६ नेताले छाडे पार्टी

अध्यक्ष सीके राउतको राजीनामा मागेका जनमतका ६ नेताले छाडे पार्टी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित ६ जनाले पदबाट राजीनामा दिएका छन् । बुधबार (असोज १) पार्टी अध्यक्ष डा. सीके राउतको राजीनामा माग गरेका उनीहरूले २४ घण्टा नबित्दै राजीनामा दिएका हुन् । 

    राजीनामापत्रमा भनिएको छ, “हामीले माग गरेको राजीनामापत्रलाई तपाईंले अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता–कार्यकर्ताहरूलाई अहंकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरिसकेपछि हाम्रो ध्यानाकर्षण भएको छ । त्यसैले आधार मानी आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा गर्दछौँ ।”

    पत्रमा अगाडि भनिएको छ, “हामी कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने स्पष्ट धारणा राख्दछौँ । जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुरूप उहाँहरूकै नेतृत्वमा हामी सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गर्दछौँ ।”

    पार्टी छाड्नेमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता डा. यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij