२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सबै शिल्पीलाई जोड्न विश्वकर्मा समाजकाे जागरण अभियान

सबै शिल्पीलाई जोड्न विश्वकर्मा समाजकाे जागरण अभियान

सबै शिल्पीलाई जोड्न विश्वकर्मा समाजकाे जागरण अभियान

सबै शिल्पीलाई जोड्न विश्वकर्मा समाजकाे जागरण अभियान

सबै शिल्पीलाई जोड्न विश्वकर्मा समाजकाे जागरण अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • भैरहवा । कला र शीपलाई इमान्दारीका साथ प्रयोग गर्दै आएका शिल्पीहरुको एक जुट हुन जागरण अभियानको सुरुवात गरिएको छ । 

    शीपबाट समाजमा योग्दान गरेका सबैलाई एक हुन आवश्यक भएकोले नेपाल विश्वकर्मा समाज जागरण अभियानको सुरुवात गरिएको हो । जागरण अभियानले विश्वकर्मा दिवसको अवसर पारेर प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले जानकारी दिए ।

    शिल्पी विश्वकर्मा समुदायमाथि लादिएको तथाकथित दलित पहिचान हटाई वास्तविक पहिचान स्थापित गर्न, पहिचानलाई संधिानमा उल्लेखित गराउन, समुदायिक औचित्य बारे उजागर गर्न, पहिचानमा बाद्धक बन्ने तत्वलाई सचेत गराउन, व्यापक जनमत तयार गर्न, विकृति विसंगति विरुद्ध संघर्ष गर्न यो अभियानको सुरुवात गरिएको संयोजक रसालीले बताए । 

    कार्यक्रममा बोल्दै केन्द्रिय सचिव रामजी रसाली, घनश्याम विश्वकर्मा, लाल बहादुर विश्वकर्मा , सह–संयोजक धर्मदेव धवल, सह–सचिव नन्दलाल वि.क., सह–कोषाध्यक्ष बुद्ध बहादुर विश्वकर्मा, छत्र विश्वकर्मा लगायतले विश्वकर्मा कुनै धर्म जाति नभई कला र सीप गर्ने सबै समुदाय रहेको बताए । भगवानको सन्ततिको रुपमा एक मात्र समाज भनेको विश्वकर्मा मात्रै रहेकोले यसमा सबै शिल्पीहरुलाई जोड्नु पर्ने बताए । उनीहरुले समाज र समुदाय चेतनशील जागरुक र इमान्दार नभएसम्म समाज र समुदायको विकास हुन नसक्ने बताए । विश्वकर्मा समाजकै शक्ति र सीपले संसार चलिरहेको सबै समाज एकजुट भइ अघि नबढे सम्म हाम्रा उद्देश्य पूरा नहुने बताए । विश्वकर्मा समाजको महत्वपूर्ण भूमिका रहेकोले अधिकारका लागि एकत्रित भई आवाजबाट लड्नुपर्ने बताए । 

    समाजका जागरण अभियानले अब समाज र समुदायलाई चेतनशील बनाउनु अभियानको पहिलो प्राथमिकता र कर्तव्य रहेको छ । ‘विकास नै हाम्रो मूल मन्त्र हुनेछ, सक्षम जनशक्ति उत्पादन गर्नु नेपाल विश्वकर्मा समाज जागरण अभियानको जिम्मेवारी हुनेछ, त्यसपछि सुन्दर, विकसित, सम्पन्नशाली समाज र समुदाय हुनेछ  । 

    नेपाल विश्वकर्मा समाज जागरण अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) को अध्यक्षता, समाजसेवी डिक बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, सचिव रामजी रसालीको स्वागत तथा इशान्त रसाली र निमिशा ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विश्वकर्मा बाबाको पूजाआजा, साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न सहयोगी दातालाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij