२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो

देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो

देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो

देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो

देउवाको सचिवालयले भन्यो– पैसाको सुरुङ छैन, पार्टी र नेतृत्वलाई बदनाम गरियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • बुटवल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन क्रममा ज्यान गुमाएका सबैप्रति दुःख व्यक्त गरेका छन् । साथै, प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । 

    जेनजीको प्रदर्शनलाई धमिलो बनाई आआफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले भदौ २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गरेको र राजनीतिक दलको कार्यालय तथा नेताहरूको निजी निवासमा आक्रमण गर्नेजस्ता आपराधिक क्रियाकलाप भएकोप्रति विज्ञप्तिमा भर्त्सना गरिएको छ ।

    भदौ २४ गते डकैतीको शैलीमा निवासमा प्रवेश गरेर सभापति देउवा, उनकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायतमाथि सांघातिक आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ ।

    स्वकीय सचिव भानु देउवाले त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख  छ  । "त्यस्ता बदनाम गराउने उदेश्यले विषेशगरी सामाजिक सञ्जालमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको र विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको ‘अन्डर ग्राउन्ड’ ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको देखिएकाले उक्त पानी ट्यांकी रहेको स्पष्ट पार्न चाहन्छु," विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

    जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij