काठमाडौं । नेकपा एमालेले आज संविधान दिवस मनाइरहेको छ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको हो ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा कार्यक्रम भइरहेको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।
जेनजीको आन्दोलनपछि उनी पहिलोपटक उक्त कार्यक्रममा सहभागी हुने बताइएको थियो । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।




