२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

झोले र हनुमान बनेकोमा एमाले युवा नेता पुरीको गल्ती स्वीकारोक्ति

झोले र हनुमान बनेकोमा एमाले युवा नेता पुरीको गल्ती स्वीकारोक्ति

झोले र हनुमान बनेकोमा एमाले युवा नेता पुरीको गल्ती स्वीकारोक्ति

झोले र हनुमान बनेकोमा एमाले युवा नेता पुरीको गल्ती स्वीकारोक्ति

झोले र हनुमान बनेकोमा एमाले युवा नेता पुरीको गल्ती स्वीकारोक्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • बुटवल । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका निवर्तमान महासचिव सुमन पुरीले विगतमा पार्टी नेतृत्वको झोले र हनुमान बनेर देवत्वकरण गरेकोमा गल्ती भएको स्वीकारेका छन् ।

    नेकपा एमालेले केही महिना अघि ‘म झोले’ अभियान चलाएको थियो । त्यस क्रममा पार्टी नेतृत्वको अभियानमा सामेल हुंदै धेरैले आफ्नो तस्वीर सहित ‘म झोले’ लेलेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यही विषयलाई स्मरण गर्दै पुरीले हिजो झोले, हनुमान बनेर देवत्वकरण गरेकोमा गल्ती स्वीकार्दै आत्मालोचना गरेको उल्लेख गरेका छन् ।

    उक्त अभ्यास पार्टीको विचार र जनताको वहुदलीइ जनवादको मार्गदर्शनसँग मेल नखाएको गम्भीर आत्मबोध भएको भन्दै पुरीले अब त्यस्तो गल्ती कहिल्यै नगर्ने दृढ प्रतिवद्धता गरेका छन् । ‘हिजो मैले झोले,हनुमान बनेर देवत्वकरण गरेको गल्ती स्वीकार्छु। यो अभ्यास पार्टीको विचार र जबजको मार्गदर्शनसँग मेल खाँदैन भन्ने गम्भीर आत्मबोध भएको छ।

    अब त्यस्तो गल्ती कहिल्यै नगर्ने दृढ प्रतिवद्धता गर्दछु’–पुरीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘गलतलाई गलत र सहिलाई सही भन्न सक्ने संस्कारलाई आत्मसात गर्दै, जबज को मार्गदर्शनमा समृद्ध नेपाल र समाजवाद उन्मुख राष्ट्र निर्माणमा आफूलाई समर्पित गर्दछु।

    राष्ट्रिय युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा पार्टी नेतृत्व्को चाहना विपरित निर्र्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अडान राखेका उनी अध्यक्ष पदमा क्षितिज थेवेसंग झिनो मतले पराजित भएका थिए । चुनावमा पराजित भएपनि पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई लागू गराउन अहं भूमिका खेलेको भन्दै पुरीको चौतर्फी प्रशंसा भएको थियो । विगतमा एमाले अध्यक्ष ओली निकट मानिने पुरी पछिल्लो समय पुर्व राष्ट्रपति एवं एमाले पुर्व उपाध्यक्ष विद्या भण्डारी पक्षमा खुलेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij