२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • बुटवल । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । बुधबार जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता किने निर्णय गर्दै सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका छन् ।

    नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

    मुख्यमन्त्री सतिश सिंहको पार्टी जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मुख्यमन्त्री सिंहलाई सरकारबाट फिर्ता हुन भनेपनि उनले राजीनामा दिन मानिरहेका छैनन् । उनले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेपनि प्रदेश प्रमुखलाई राजीनामा भने बुझाएका थिएनन् ।

    १०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij